आज तराईका केहि जिल्लामा भारी वर्षा हुने « Khabarhub

आज तराईका केहि जिल्लामा भारी वर्षा हुने


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै लगातार परेको पानी अब केही कम हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिएकाले मनसुनी गतिविधि कम हुँदै जाने अनुमान गरिएको हो ।

आज पनि पूर्वी पहाड तथा तराईका जिल्लामा पानी परिरहेको छ । न्यून चापिय रेखा तराई भूभागभन्दा माथि रहेकाले देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद वरुण पौडेलले बताए । भारी वर्षाको सम्भावना भएका क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्था यस्तो छ:
साउन ९ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन १० गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ।देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

साउन ११ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
राति: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : ३६ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ