राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी « Khabarhub

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष किसानसँग गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

किसानले उत्पादन गरेको सबै जातको धानको उचित मूल्य सुनिश्चित गरी धान खरिद गर्ने कार्य सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताए ।

‘स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाइएको छ,’ वलीले भने, ‘सहकारीले किसानको मेहनतलाई सम्मान गर्दै धानको फरक–फरक मूल्य निर्धारण गरेको छ ।’

उनका अनुसार सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २००, राधा ४ मोटो प्रतिक्विन्टल दुई हजार ८५०, हाइब्रिड (जुन सुकै) प्रतिक्विन्टल दुई हजार ७५० मूल्य निर्धारण गरेको छ । सहकारीले घोषणा गरेको यो योजनाअन्तर्गत धान बेच्न इच्छुक कृषकले सम्बन्धित धान संस्थाको गोदाम घर तथा सङ्कलन केन्द्रमा ल्याउनु पर्नेछ ।

किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्ने यस अभियानले राप्ती सोनारी क्षेत्रका किसानको आर्थिकस्तर उकास्न र उनीहरूलाई बजारीकरणमा सहजता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

राप्ती सोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको साकार कृषि सहकारी संस्थामा आठ हजार बढी किसान सदस्य रहेका छन् । राप्ती सोनारी–५ बिनौनास्थित सहकारीको गोदाममा किसानको धान खरिद गरेर भण्डारणको व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताए ।

उनका अनुसार, सहकारीले किसानलाई बीउ धान उत्पादनका लागि पनि प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बीउ धान सहकारीले खरिद गर्ने गरेको छ ।

साकार कृषि सहकारी संस्थाले किसानको हितलाई दृष्टिगत गर्दै कुल रु ५५ लाखको लागानीमा यो वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ जडान गरी सञ्चालनमा ल्याएको छ । यो मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत सहजै बिक्री वितरण हुनेछ । कुटानी–पिसानीको सुविधा गाउँमै उपलब्ध भएको वलीको भनाइ छ ।

स्थानीय तहमै कृषि उपजको प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि राप्ती सोनारीका किसानमा व्यावसायिक कृषिप्रतिको आकर्षण थप बढ्ने विश्वास लिइएको उनले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँके जिल्लामा धान खरिदका लागि १० हजार क्विन्टल मात्रै कोटा निर्धारण भएकोले गाउँ–गाउँमा सहकारीले धान खरिद गर्ने कार्य गरे किसानलाई ठुलो राहत हुने किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णबिक्रम केसीले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : १३ बजे

च्याम्पियन्स लिग : भिल्लारियलमाथि पीएसजीको सानदार जित

काठमाडौँ– च्याम्पियन्स लिग फुटलबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले गोलको वर्षा

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी

बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर– मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास

हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

मनाङ– अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै