आज तराईका केहि जिल्लामा भारी वर्षा हुने « Khabarhub

आज तराईका केहि जिल्लामा भारी वर्षा हुने


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै लगातार परेको पानी अब केही कम हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिएकाले मनसुनी गतिविधि कम हुँदै जाने अनुमान गरिएको हो ।

आज पनि पूर्वी पहाड तथा तराईका जिल्लामा पानी परिरहेको छ । न्यून चापिय रेखा तराई भूभागभन्दा माथि रहेकाले देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद वरुण पौडेलले बताए । भारी वर्षाको सम्भावना भएका क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्था यस्तो छ:
साउन ९ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन १० गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ।देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

साउन ११ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
राति: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : ३६ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई