गुल्मी पहिरो अपडेट– मृतकको संख्या १३ पुग्यो | Khabarhub Khabarhub

गुल्मी पहिरो अपडेट– मृतकको संख्या १३ पुग्यो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ को ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

पहिरोमा परि तीन दिन देखि बेपत्ताको शव नेपाली सेनाले बुधबार फेला पारेसँगै मृतकको संख्या १३ पुगेको हो ।

वडा नम्वर ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका ७ बर्षिया तारा बिक र डेढ बर्षीय बालक सञ्जु विक , वडा नं ३ को ठुलोलुम्पेकमा ३४ बर्षिया माया बिक उनका १४ बर्षिय छोरा बबि बिकको शव फेला परेको थियो ।

सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ४० बजे

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक