गुल्मी पहिरो अपडेट– मृतकको संख्या १३ पुग्यो « Khabarhub

गुल्मी पहिरो अपडेट– मृतकको संख्या १३ पुग्यो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ को ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

पहिरोमा परि तीन दिन देखि बेपत्ताको शव नेपाली सेनाले बुधबार फेला पारेसँगै मृतकको संख्या १३ पुगेको हो ।

वडा नम्वर ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका ७ बर्षिया तारा बिक र डेढ बर्षीय बालक सञ्जु विक , वडा नं ३ को ठुलोलुम्पेकमा ३४ बर्षिया माया बिक उनका १४ बर्षिय छोरा बबि बिकको शव फेला परेको थियो ।

सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ४० बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल