कोरियामा दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति पाउने « Khabarhub

कोरियामा दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति पाउने


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियामा दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीका परिवारलाई क्षतिपूर्तिबापतको रकम लिन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ ।

दक्षिण कोरिया रोजगारका लागि पुगेका पाँचथर मिक्लाजुङ गाँउपालिकाका सरोज आङदेम्बे, धादिङ कटुन्जेका काठुर तामाङ र उदयपुर त्रियुगाका भुपाल राईका परिवारलाई क्षतिपूर्ति रकमका लागि सूचनामार्फत सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेकको छ ।

कोरियामा सामसुङ कम्पनीका कायरत तीनै जानको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृतक तीनै जनाले कम्पनीबाट पाउनु अन्य सुविधा पनि कम्पनीबाट उपलब्ध हुने भएको र मृतकका हकदारका परिवारले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

मृतकका सरोजका परिवारले १२ हजार ७ सय ७९ अमेरिकी डलर (१४ लाख १३ हजार १ सय ६५ नेपाली रुपैयाँ), ठाकुरका परिवारले १८ हजार ६ सय ६ अमेरिकी डलर (२० लाख ५३ हजार ४ सय ५१ रुपैयाँ) र भुपालको परिवारले १६ हजार ७ सय ८१ अमेरिकी डलर (१८ लाख ५२ हजार ३५ रुपैयाँ) पाउने कोरियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : २१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल