पार्टी एकता र जनविश्वासको यही उत्कर्ष नहोस्– प्रचण्ड | Khabarhub Khabarhub

पार्टी एकता र जनविश्वासको यही उत्कर्ष नहोस्– प्रचण्ड


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले जनताले दिएको जिम्मेवारी दृढता पूरा गरेमात्र पार्टी एकता सार्थक हुने बताएका छन् ।

जनताले सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको भन्दै प्रचण्डले त्यसलाई बुद्धिमता ढंगले पूरा गर्नुपर्ने दायित्व नेकपाको रहेको बताए ।

नपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको छैठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराही आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकता अवसर र चुनौती दुबै भएको बताए ।

‘पार्टी एकता अवसर र चुनौती दुबै हो’ प्रचण्डले भने,‘पार्टी एकता र जनविश्वासको यही उत्कर्ष नहोस् भन्ने चाहना छ । हामी यो भन्दा धेरै माथि जानु छ । समाजवादको नयाँ मोडल विश्वलाई दिनुछ ।’

जनताले दिएको यो अवसर पार्टी एकतालाई पूर्णता दिएर र सरकारको कामलाई प्रभावकारी बनाएर गुणत्मक रुपमा जनताको मन जितेर मात्र पूरा गर्न सकिने प्रचण्डले बताए ।

पार्टी एकताको काम सकिनै लागेको भन्दै प्रचण्डले माथिदेखि तलसम्मका सबै एकीकरणको कार्यक्रमका सफल पार्ने चरणमा आफूहरु रहेको उनले बताए । ‘यसै महिना भित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर भदौं भित्र देशव्यापी रुपमा पार्टी जनताबीच जान्छौं । सरकारका काम र एकतालाई अझ सुदृढ गर्न लाग्छौं ।’

प्रचण्डले संस्थापक नेता कर्मचार्यले सधै नेपाली कम्युनिस्ट पार्टीहरु एक ठाउँमा भएको हेर्न चाहेको भन्दै त्यो अभियान पूरा हुँदै गएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ३३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ