पार्टी एकता र जनविश्वासको यही उत्कर्ष नहोस्– प्रचण्ड « Khabarhub

पार्टी एकता र जनविश्वासको यही उत्कर्ष नहोस्– प्रचण्ड


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले जनताले दिएको जिम्मेवारी दृढता पूरा गरेमात्र पार्टी एकता सार्थक हुने बताएका छन् ।

जनताले सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको भन्दै प्रचण्डले त्यसलाई बुद्धिमता ढंगले पूरा गर्नुपर्ने दायित्व नेकपाको रहेको बताए ।

नपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको छैठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराही आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकता अवसर र चुनौती दुबै भएको बताए ।

‘पार्टी एकता अवसर र चुनौती दुबै हो’ प्रचण्डले भने,‘पार्टी एकता र जनविश्वासको यही उत्कर्ष नहोस् भन्ने चाहना छ । हामी यो भन्दा धेरै माथि जानु छ । समाजवादको नयाँ मोडल विश्वलाई दिनुछ ।’

जनताले दिएको यो अवसर पार्टी एकतालाई पूर्णता दिएर र सरकारको कामलाई प्रभावकारी बनाएर गुणत्मक रुपमा जनताको मन जितेर मात्र पूरा गर्न सकिने प्रचण्डले बताए ।

पार्टी एकताको काम सकिनै लागेको भन्दै प्रचण्डले माथिदेखि तलसम्मका सबै एकीकरणको कार्यक्रमका सफल पार्ने चरणमा आफूहरु रहेको उनले बताए । ‘यसै महिना भित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर भदौं भित्र देशव्यापी रुपमा पार्टी जनताबीच जान्छौं । सरकारका काम र एकतालाई अझ सुदृढ गर्न लाग्छौं ।’

प्रचण्डले संस्थापक नेता कर्मचार्यले सधै नेपाली कम्युनिस्ट पार्टीहरु एक ठाउँमा भएको हेर्न चाहेको भन्दै त्यो अभियान पूरा हुँदै गएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ३३ बजे

गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार

पर्वत– जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय

उत्तर कोरियाको क्लस्टर क्षेप्यास्त्र परीक्षण

काठमाडौं- आइतबारको क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको उत्तर कोरियाले

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना