रियल मड्रिडले पोग्वालाई भित्र्याउला ? « Khabarhub

रियल मड्रिडले पोग्वालाई भित्र्याउला ?


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको सिजनमा कमजोर प्रदर्शन गर्दै उपाधि बिहीन भएको स्पेनिस महारथि रियल मड्रिड यो सिजनको सरुवा बजार सकिन १५ दिनमात्रै बाँकी रहँदा पनि टिममा नयाँ खेलाडी अनुवन्ध गर्ने लक्ष्यमा रहेको छ । यतिबेला रियलका प्रशिक्षक जिनेदिन जिदान इङ्ग्लिस प्रिमियर लिग क्ल्ब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वालाई टिममा भित्र्याउने योजनमा छन् ।

यो सिजनमा उनले ल्याउन लागेको दोस्रो ठूलो नाम हो । यसअघि रियलले चेल्सीका स्टाइकर इडन हजार्डलाई टिममा भित्रेयाएका थिए ।

यतिबेला रियललाई पोग्वालाई टिममा ल्याउनु छ भने उसले युनाइटेडले मागेको जति ठूलो रकम तिर्न तयार हुनु पर्नेछ । यतिबेला युनाइटेडले विश्व विजेता खेलाडीका लागि १सय८० मिलियन यरोको माग राखेको छ तर, रियलका अध्यक्ष फ्लोरेन्टिन्हो परेज पोग्वा बाट नै रकममा केही छुट खोजिरहेका छन् । जसले तीनवटै पक्षलाई सहज हुनेछ ।

सरुवा बारे शान्त रहेका पोग्वाले यो सिजनको सुरुवात मै नयाँ चुनौति सामना गर्न तयार रहेको बताइसकेका छन् । रियलका प्रशिक्षक जिदान पोग्वाका समर्थक हुन भन्ने कुरा लुकेको छैन् । तर, उनका लागि पोग्वालाई भित्र्याउन पनि निकै कठिनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ३३ बजे

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि