बाढीका कारण २९६ परिवारको १३ दिनदेखि रेल्वे लिकमा बास « Khabarhub

बाढीका कारण २९६ परिवारको १३ दिनदेखि रेल्वे लिकमा बास


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् ।

असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे लिकमै बास बस्न बाध्य भएका हुन् ।

उक्त नदी निकारमै रहेको डठौरा गाउँमा बाढी आएपछि नदीको तटबन्ध भत्किएर बाढी गाउँमै पसेपछि उनीहरू घर छोडेर रेल्वे लिकमा बास बसेको स्थानीयवासी शनिश्चरी सदाले बताए ।

बाढीले गाउँका सबै घर भत्काएकाले अझैसम्म जमिरहेको पानीले अति प्रभावित उनीहरु रेल्वे लिकमा पाल टाँगेर झरी र घामको सामना गर्न बाध्य छन् । रेल्वे लिकमा बास बस्दै आएका उनीहरुलाई खाना, खानेपानी, बस्न, सुत्न, स्वास्थ्य र शौचालयको निक्कै समस्या भएको स्थानीयवासी जीवछ सदाले बताए ।

गाउँबाट पानी नहटेका कारण अहिले पनि रेल्वे लिकमै खुल्ला आकाशमुनि नै जीवन गुजार्न बाध्य हुनुपर्दा महामारी हुनसक्ने चिन्ताले सताएको उनीहरु बताउँछन् ।करिब ३०० परिवारका १०० भन्दा बढी बालबालिका बाढीकै पानीमा दिनभर नुहाउने, माछा मार्ने र हिलोमैलो खेल्ने गरेका कारण बालबालिका पनि रोग र महामारीका साथै सर्पदंशको पनि उच्च जोखिम रहेको स्थानीयवासी उमेश सदाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १ : ४६ बजे

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

एजेन्सी-  इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु

राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी

काठमाडाैं- जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू

सवारी दुर्घटना परी भक्तपुर एक जनाकाे मृत्यु

काठमाडौँ – मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको

उदयपुरमा एमालेसहितका नाै दलले गरे पुन: मतदानको माग

उदयपुर – उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा धाँधली

वित्तीय संस्थाको औसत ब्याजअन्तर घट्याे

काठमाडाैँ-  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो