चन्द्र अभियान एपोल ११ सँग जोडिएका तीन भिडियो महँगो मूल्यमा लिलाम | Khabarhub Khabarhub

चन्द्र अभियान एपोल ११ सँग जोडिएका तीन भिडियो महँगो मूल्यमा लिलाम


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ५० वर्ष अगाडि सन् १९६९ जुलाई २० तारिखका दिन चन्द्रमामा पहिलो पटक मानवले पाइला टेकेको थियो ।

चन्द्रमामा पहिलो पटक मानव पुर्‍याउने अभियानको तीनवटा भिडियो टेप भने हालै महँगो मूल्यमा लिलामी भएको छ । निल आर्मस्ट्रङ्गले चन्द्रमामा पहिलो पटक मानव पाइला राखेका थिए भने उनीसँगै गएका एड्विन बज एल्ड्रिनले त्यसपछि चन्द्र सतहमा टेकेका थिए ।

उनीहरुले चन्द्र सतहमा २१ घण्टा ३१ मिनेटसम्म बिताएका थिए । मानव इतिहासमै अभुतपूर्व सफलता हात परेको उक्त घटनाको ५० वर्षगाँठको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरियो । यसैक्रममा चन्द्र मिसनसँग जोडिएका तीन भिडियो टेप लिलामी गरियो ।

ति तीन मुख्य नासाको भिडियो टेप १ दशमलब ८२ मिलियन डलरमा लिलामी भएको हो ।

उक्त भिडियो टेपमा चन्द्रमामा निल आर्मस्ट्रङ्गको पहिलो पाइला, यसका साथै उनीसँगै गएका बज एल्ड्रिनले पनि पाइला राखेको दृष्य कैद गरिएको छ ।

चन्द्रमा पुगेका दुवैले यानबाट ओर्लदै गरेको दृष्य, चन्द सतहमा अमेरिकाको झण्डा फहराइएकोलगायतका सबै दृष्य टेपमा रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : २८ बजे

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा