‘स्वास्थ्यमा ५० प्रतिशत बजेट खर्च नै हुँदैन’ « Khabarhub

‘स्वास्थ्यमा ५० प्रतिशत बजेट खर्च नै हुँदैन’


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले सम्पूर्ण नेपालीलाई स्वस्थ्य अधिकार प्रदान गर्न ३५ अर्ब थप बजेट आवश्यक रहेको बताएका छन् ।

बिहीबार स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले विपन्न नागरिकको स्वास्थ्य उपचार, निशुल्क आधारभूत स्वास्थ्य सेवा र विमा कार्यक्रमका लागि ३५ अर्व थप बजेट स्वास्थ्यमा आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले स्वास्थ्य क्षेत्रमा छुट्याइएको आधा बजेट खर्च नहुने गरेको बताए । सचिव थपलियाले स्वास्थ्यक्षेत्रमा छुट्याइएको बजेटको ५० प्रतिशत खर्च नै नभएको बताएका हुन् ।

अर्थ मन्त्रालयबाट विनियोजन भएको आधा बजेट खर्च नै नहुने गरेकाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट विनियोजन भएको उनको भनाइ छ । ‘स्वास्थ्यका कर्मचारीले स्वास्थ्यमा बजेट कम छ भन्नुहुन्छ । हो स्वास्थ्य क्षेत्रमा बजेट कम नै छ,’ सचिव थपलियाले भने, ‘अर्थ मन्त्रालयमा बजेट कम भयो भनेर गयो भने उहाँहरुले भन्नुहुन्छ, स्वास्थ्यमा ५० प्रतिशत बजेट किन खर्च नै हुँदैन ? छुट्याइएको बजेट नै खर्च नभएकाले स्वास्थ्यमा बजेट कम आएको हो ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डका अनुसार विकासउत्मुख देशहरुमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट हुनु अनिवार्य हुन्छ । तर सरकारले चालु आर्थिक वर्ष २०७६/७७ का लागि कुल बजेटको ४ दशमलब ४८ प्रतिशत मात्रै बजेट विनियोजन गरिएको छ ।

सचिव थपलियाले विनियोजन भएको बजेट फ्रिज हुने अवस्था आउन नदिन मन्त्रालयको नीति तथा कार्यक्रम अनुसार काम गर्न सम्बन्धित निकायलाई सुझाव समेत दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ५ : ४७ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट