निर्मला प्रकरणबारे कांग्रेसको समीक्षा– सरकार लज्जास्पद ढंगले असफल ! | Khabarhub Khabarhub

निर्मला प्रकरणबारे कांग्रेसको समीक्षा– सरकार लज्जास्पद ढंगले असफल !



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकार लज्जास्पद ढंगल असफल भएको आरोप लगाएको छ ।

गत वर्ष (२०७५ साल) साउन ९ गते घरबाट बेपत्ता भएर दोस्रो दिन (साउन १०) गते मृत फेला परेकी निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नको खोजी गर्न नसकेको सरकार सो प्रकरणमा लज्जास्पद ढंगले असफल भएको कांग्रेसको टिप्पणी छ ।

निर्मला पन्तको हत्या तथा बलात्कार भएको १ वर्ष पुगेको सन्दर्भमा नेपाली कांग्रेसले सरकारकै प्रधानमन्त्री तथा मन्त्रीहरुको गतिविधि र अभिव्यक्तिका कारण अपराधीहरु फेला पर्न नसकेका पनि आरोप लगाएको छ ।

सञ्चारकर्मीसँगको अन्तर्क्रियामा कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले निर्मलाको लागि न्याय माग्न भएको प्रदर्शनमा सरकारले चर्को दमन गरेको बताए । सरकारले जनप्रदर्शनलाई सही अर्थमा बुझ्नुको सट्टा गोली चलाएर दमन गरेको शर्माको भनाइ छ ।

‘सरकारले यो (निर्मला) प्रकरमा गरेको अर्को गल्ची कमजोरी, जनप्रदर्शनलाई संयमतापूर्वक लिन सकेन, सरकारले चलाएको गोली लागेर १४–१५ वर्षका बालक सनी खुनाको मृत्यु भयो,’ कांग्रेस प्रवक्ता शर्माले भने ।

निर्मलाको बलात्कारपछि हत्या भएको १ वर्ष पुग्दै गर्दासम्म पनि सरकारकै नेतृत्वमा रहेका प्रधानमन्त्री तथा मन्त्रीबाट विवादास्पद अभिव्यक्ति आएको शर्माको भनाइ छ । ‘वर्तमान सरकारका गृहमन्त्रीजीले केही दिन अगाडि मात्रै यो प्रकारका प्रकरण पहिला पनि हुन्थे, अहिले पनि भइरहेको छ, भविष्यमा पनि हुनेछन् भनेर अभिव्यक्ति दिनुभयो,’ शर्माले भने ।

सरकार निर्मला प्रकरणमा असफल भइसकेको उल्लेख गर्दै शर्माले अब यस्ता प्रकारका घटनाहरु हुन नदिन समाजका सबै पक्षसँग सहकार्य गरिनुपर्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ४ : २६ बजे

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०