निर्मला प्रकरणबारे कांग्रेसको समीक्षा– सरकार लज्जास्पद ढंगले असफल ! « Khabarhub

निर्मला प्रकरणबारे कांग्रेसको समीक्षा– सरकार लज्जास्पद ढंगले असफल !



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकार लज्जास्पद ढंगल असफल भएको आरोप लगाएको छ ।

गत वर्ष (२०७५ साल) साउन ९ गते घरबाट बेपत्ता भएर दोस्रो दिन (साउन १०) गते मृत फेला परेकी निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नको खोजी गर्न नसकेको सरकार सो प्रकरणमा लज्जास्पद ढंगले असफल भएको कांग्रेसको टिप्पणी छ ।

निर्मला पन्तको हत्या तथा बलात्कार भएको १ वर्ष पुगेको सन्दर्भमा नेपाली कांग्रेसले सरकारकै प्रधानमन्त्री तथा मन्त्रीहरुको गतिविधि र अभिव्यक्तिका कारण अपराधीहरु फेला पर्न नसकेका पनि आरोप लगाएको छ ।

सञ्चारकर्मीसँगको अन्तर्क्रियामा कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले निर्मलाको लागि न्याय माग्न भएको प्रदर्शनमा सरकारले चर्को दमन गरेको बताए । सरकारले जनप्रदर्शनलाई सही अर्थमा बुझ्नुको सट्टा गोली चलाएर दमन गरेको शर्माको भनाइ छ ।

‘सरकारले यो (निर्मला) प्रकरमा गरेको अर्को गल्ची कमजोरी, जनप्रदर्शनलाई संयमतापूर्वक लिन सकेन, सरकारले चलाएको गोली लागेर १४–१५ वर्षका बालक सनी खुनाको मृत्यु भयो,’ कांग्रेस प्रवक्ता शर्माले भने ।

निर्मलाको बलात्कारपछि हत्या भएको १ वर्ष पुग्दै गर्दासम्म पनि सरकारकै नेतृत्वमा रहेका प्रधानमन्त्री तथा मन्त्रीबाट विवादास्पद अभिव्यक्ति आएको शर्माको भनाइ छ । ‘वर्तमान सरकारका गृहमन्त्रीजीले केही दिन अगाडि मात्रै यो प्रकारका प्रकरण पहिला पनि हुन्थे, अहिले पनि भइरहेको छ, भविष्यमा पनि हुनेछन् भनेर अभिव्यक्ति दिनुभयो,’ शर्माले भने ।

सरकार निर्मला प्रकरणमा असफल भइसकेको उल्लेख गर्दै शर्माले अब यस्ता प्रकारका घटनाहरु हुन नदिन समाजका सबै पक्षसँग सहकार्य गरिनुपर्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ४ : २६ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू