‘रअ’ प्रमुखसँग प्रधानमन्त्री भेट भएको छैन– मन्त्री बाँस्कोटा « Khabarhub

‘रअ’ प्रमुखसँग प्रधानमन्त्री भेट भएको छैन– मन्त्री बाँस्कोटा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तर ‘रअ’ का प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटवार्ता नभएको बताएका छन् ।

गत आइतबार नेपाल भ्रमणमा आएका रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अध्यक्ष प्रचण्ड लगायतले भेटवार्ता गरेको भन्ने समाचार बाहिरिएपनि सरकारका प्रवक्ता बाँस्कोटाले आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिए ।

‘भारतीय गुप्तचर आएको थाहा छैन’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन । अरु दलका नेताहरुले भेटेको पनि थाहा छैन ।’

उनले भेट हुने भएपनि कुटनीतिक प्रोटोकलकै आधारमा भेटघाट हुने बताए ।

मन्त्री बाँस्कोटाले रअको प्रमुखलाई भेटेर कोही पनि रअ पक्षधर नहुने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ५ : ०६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली