दुई सचिवको सरुवा, दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त | Khabarhub Khabarhub

दुई सचिवको सरुवा, दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसूदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ ।

त्यस्तै, दूरसञ्चार (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको उनले बताए । यसैगरी, सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले सरकारसमक्ष पेस गरेको प्रतिवेदन आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको छ ।

उक्त वार्ता टोली मन्त्रिपरिषद्को २०७५ साल भदौ ८ गतेको निर्णयअनुसार गठन भएको थियो । मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी विज्ञान तथ प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।

प्यूठानको माण्डवी गाउँपालिको केन्द्र साविक नयाँगाउँ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका–३, जस्पुर कायम गर्ने र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशत गर्ने निर्णयसमेत भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सरकारले हवाई यातायात सेवालाई नियमन गर्ने र सन्चालन गर्ने छुट्टाछुट्टै निकाय बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिएको छ ।

त्यस्तै, बर्दगोरिया ४००/१३२ केभी सबस्टेसन (कैलाली)का लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

नारायणघाट–मुग्लिङ सडकमा पर्ने ‘इन्टरमिडियट लेन’का पुलहरुलाई ‘डबल लेन’मा निर्माण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गरी डिजाइन तथा निर्माणसम्बन्धी काम ठेक्काबाट गर्नेगरी बोलपत्र आह्वान गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताकारुपमा प्रस्तावित करिब रु १३ अर्ब स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सो बैठकले नेपाल बन्दरगाह प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

नेपाल राजपत्रमा २०७० साल फागुन १ गते खन्ड ६३ (अतिरिक्ताङ्क ३० क) भाग ५ को क्रमसंख्या ४ मा प्रकाशित सूचना खारेज गर्ने र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गैरकर राजश्वका दरमा परिमार्जन गर्ने विषयको सूचना स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने सरकारले निर्णय गरेको छ ।

विभिन्न आयोजना सन्चालनका लागि खानेपानी मन्त्रालयमा २१३, वन तथा वातावरण मन्त्रालयमा ५० र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ जना राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय गरेको छ ।

कन्चनपुरमा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई रु पाँच लाख, रौतहट जिप दुर्घटनामा परी मृत्यु भएका थुनुवा मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार रु पाँच लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको छ ।

नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियल/सर्भिस राहदानीवाहकका लागि आवश्यक भिसा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको उनले जानकारी दिए ।

सरकारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौंको साविकको खड्का भद्रकाली गाविस वडा नम्बर–७ कित्ता नम्बर–७३ हाल बूढानीलकण्ठ नगरपालिका–७ कित्ता नम्बर–२३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा जग्गा ‘लिज’मा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ४३ बजे

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

झापामा सीमास्तम्भ मर्मत गरिँदै

झापा – झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको

शीतलहरले तराईको जनजीवन प्रभावित

जलेश्वर – विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका

पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

काठमाडौं – राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना

हुम्लाको खार्पुनाथमा औषधी अभाव

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका