पुर्टो रिकोका गर्भनरले दिए राजीनामा « Khabarhub

पुर्टो रिकोका गर्भनरले दिए राजीनामा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान हुआन– अमेरिकी प्रशासनमा रहेको पुर्टो रिको टापुका गभर्नर रिकार्डो रोजेलोले राजीनामा दिएका छन् ।

उनको निकै रंगभेदी तथा लिंगभेदी सन्देश सार्वजनिक भएपछि उनलाई राजीनामा दिन दबाब थियो । ती सन्देशकै कारण उनीविरुद्ध सोमबार दशौं हजारले प्रदर्शन गरेका थिए ।

उनले बुधबार अबेर भिडियो सन्देश जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । भिडियो सन्देशमा उनले राजनीतिक संक्रमणका लागि आगामी अगष्ट २ सम्म आफ्नो जिम्मेवारीमा रहने समेत उल्लेख गरेका छन् ।

गत जुलाई १२ मा सार्वजनिक भएको उनी र उनका ११ साथीहरुले लेखेको लिंगभेदी तथा रंगभेदी सामूहिक सन्देशका कारण चर्को आलोचना र विरोध भएपछि उनलाई राजीनामा दिन दबाब रहेको थियो ।

उनले आफ्ना साथीहरुलाई पठाएको सन्देशमा ४ हजार भन्दा धेरै मानिसहरु मारिएको सन् २०१७ को मारिया नामक आँधीका पीडितहरु प्रति व्यंग्य गरिएको थियो । त्यसबाहेक उक्त सन्देशमा न्यूयोर्क शहर परिषद्की पूर्व प्रवक्ता प्रति निकृष्ट शब्दमा टिप्पणी गरिएको थियो ।

गत आइतबारमात्र उनले आफूविरुद्धको आलोचनालाई साम्य पार्नका लागि आगामी निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका थिए । उनले आइतबार आफूले राजीनामा भने नदिने जनाएका थिए ।

उनको स्थानमा त्यहाँकी न्यायमन्त्री वाण्डा भाजकेजले गभर्नरको जिम्मेवारी सम्हाल्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : २८ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए