राष्ट्रिय ब्याडमिन्टनको उपाधि कास्कीलाई « Khabarhub

राष्ट्रिय ब्याडमिन्टनको उपाधि कास्कीलाई


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरामा आज सम्पन्न खेलमा कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले काठमाडौँका प्रदीप र सुरज महर्जनको जोडीलाई हराउँदै उपाधि जितेको हो ।

विजेताले उपाधिसहित रु ५० हजार तथा उप–विजेताले रु ३० हजार पुरस्कार प्राप्त गरे । एकचालिसौँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको संयुक्त आयोजनामा यही साउन ७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रिय खुलातर्फ कास्कीका विशाल खड्का र भुगोल गुरुङ तथा बुटवलका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडी तृतीय भयो । उनीहरुले रु १०-१० हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी गण्डकी प्रदेश खुलातर्फ म्याग्दीका सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीले कास्कीका इशान खड्का र ओम थापाको जोडीलाई पराजित गरी उपाधि जिते । कास्कीकै विशाल हिराचन र विरेन्द्र कुँवरको जोडी तेस्रो भयो । प्रथम, द्वितीय र तृतीयले क्रमश: रु ३०, रु २० र रु १० हजार पुरस्कार प्राप्त गरे ।

कास्की जिल्लास्तरीय खुलातर्फ आशिस श्रेष्ठ र भीम छन्त्यालको जोडी प्रथम, वसन्त लालचन र सुरज रम्जालीको जोडी द्वितीय तथा अनिल सुनार र प्रदीप मल्ल तथा लक्ष्मण न्यौपाने र अर्जुन गरीको जोडी तृतीय भयो ।

उनीहरुले क्रमश : रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गरे । पचपन्न वर्षमाथिको भेट्रान्सतर्फ कास्कीका जयराम हमाल र रामजी बाँस्तोलाको जोडी प्रथम, काठमाडौँका पुष्प ताम्राकार र राजु भुजेलको जोडी द्वितीय, धादिङका विष्णुलाल श्रेष्ठ र डोरनाथ सेढाइ तथा पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडी तेस्रो भयो । उनीहरुले क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेको राष्ट्रिय वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।

यस्तै ४५ वर्ष माथिको भेट्रान्सतर्फ कास्कीका राजेन्द्र गुरुङ र भूमी गुरुङको जोडी प्रथम भयो । सो जोडीले रु ३० हजार पुरस्कार प्राप्त गर्‍यो । काठमाडौँका सुरेश बम र राजु भुजेलको जोडी द्वितीय तथा रुद्र तामाङ र मुना केसी तथा जनक प्रधान र दीपक मुल्मीको जोडी तृतीय भयो । उनीहरुले क्रमशः रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङ, जिल्ला समन्वय प्रमुख बैनबहादुर क्षेत्री अधिकारी, सङ्घका अध्यक्ष कोइरालालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ५२ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई