राष्ट्रिय ब्याडमिन्टनको उपाधि कास्कीलाई « Khabarhub

राष्ट्रिय ब्याडमिन्टनको उपाधि कास्कीलाई


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरामा आज सम्पन्न खेलमा कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले काठमाडौँका प्रदीप र सुरज महर्जनको जोडीलाई हराउँदै उपाधि जितेको हो ।

विजेताले उपाधिसहित रु ५० हजार तथा उप–विजेताले रु ३० हजार पुरस्कार प्राप्त गरे । एकचालिसौँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको संयुक्त आयोजनामा यही साउन ७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रिय खुलातर्फ कास्कीका विशाल खड्का र भुगोल गुरुङ तथा बुटवलका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडी तृतीय भयो । उनीहरुले रु १०-१० हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी गण्डकी प्रदेश खुलातर्फ म्याग्दीका सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीले कास्कीका इशान खड्का र ओम थापाको जोडीलाई पराजित गरी उपाधि जिते । कास्कीकै विशाल हिराचन र विरेन्द्र कुँवरको जोडी तेस्रो भयो । प्रथम, द्वितीय र तृतीयले क्रमश: रु ३०, रु २० र रु १० हजार पुरस्कार प्राप्त गरे ।

कास्की जिल्लास्तरीय खुलातर्फ आशिस श्रेष्ठ र भीम छन्त्यालको जोडी प्रथम, वसन्त लालचन र सुरज रम्जालीको जोडी द्वितीय तथा अनिल सुनार र प्रदीप मल्ल तथा लक्ष्मण न्यौपाने र अर्जुन गरीको जोडी तृतीय भयो ।

उनीहरुले क्रमश : रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गरे । पचपन्न वर्षमाथिको भेट्रान्सतर्फ कास्कीका जयराम हमाल र रामजी बाँस्तोलाको जोडी प्रथम, काठमाडौँका पुष्प ताम्राकार र राजु भुजेलको जोडी द्वितीय, धादिङका विष्णुलाल श्रेष्ठ र डोरनाथ सेढाइ तथा पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडी तेस्रो भयो । उनीहरुले क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेको राष्ट्रिय वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।

यस्तै ४५ वर्ष माथिको भेट्रान्सतर्फ कास्कीका राजेन्द्र गुरुङ र भूमी गुरुङको जोडी प्रथम भयो । सो जोडीले रु ३० हजार पुरस्कार प्राप्त गर्‍यो । काठमाडौँका सुरेश बम र राजु भुजेलको जोडी द्वितीय तथा रुद्र तामाङ र मुना केसी तथा जनक प्रधान र दीपक मुल्मीको जोडी तृतीय भयो । उनीहरुले क्रमशः रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङ, जिल्ला समन्वय प्रमुख बैनबहादुर क्षेत्री अधिकारी, सङ्घका अध्यक्ष कोइरालालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ५२ बजे

कम्बोडियासँग सीमा पार गोली हानाहान : थाइ सेना

एजेन्सी– छिमेकीराष्ट्र कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मंगलबार कम्बोडियन

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भन्दा बढी नेताहरूले दिए राजीनामा

दाङ– दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहँदा नेता-कार्यकर्ताले

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

भोजपुर- नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले

सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा प्रतिवादी सुनिल