राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल « Khabarhub

राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिएका छन्।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन। बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा क्षेत्रमा राष्ट्र बैंकको निर्देशन मुताविक कर्जा प्रवाह गरे÷नगरेको सरकारले कडा निगरानी राख्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको चेतावनी छ।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ५४ औं बार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न पनि सो बैंकलाई सचेत गराए। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वडा तहसम्म आफ्नो शाखा खोल्नुपर्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको भनाई छ। उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा बैंक तथा वित्तिय संस्थाहरुले विशेष योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा १ खर्व ८० अर्व निक्षेप संकलन गर्न सफल भएको छ भने १ खर्व ३१ अरव कर्जा लगानी गरेर १ अर्व ६१ करोड मुनाफा आर्जन गर्न गरेको छ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ११ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने