बिरबललाई फसाउन अकबरका मन्त्रीले सोधेका ३ प्रश्न « Khabarhub

बिरबललाई फसाउन अकबरका मन्त्रीले सोधेका ३ प्रश्न


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अकबर र बिरबलका कथाहरु हामीले बच्चै देखि सुन्दै आएका हौं। निकै रोचक मानिने यी कथाहरु अर्थपुर्ण पनि छन्।

महाराज अकबरको दरबारमा बिरबलको क्षमता देखेर मन्त्रीहरु नै हायलकायल हुन्थे। दरबारमा एक मन्त्री महामन्त्री पद पाउने लोभमा थिए। त्यसैले उनले एउटा योजना बनाए। ती मन्त्रीलाई बिरबल दरबारको मुख्य सल्लाहकर भएसम्म महामन्त्रीको पद पाइन्न भन्ने राम्ररी थाहा थियो।

त्यसैले उनी बिरबललाई तह लगाउन राम्रो मौका खोजीमा थिए। एक दिन दरबारमा अकबरले बिरबलको खुव प्रशंसा गरे। यो सुनेर मन्त्रीलाई रिस उठ्यो। उनले सिधै महाराज अकबरसंग भने-‘यदी बिरबलले मेरा तीन प्रश्नको उत्तर दिन सक्षम भए मात्र म उसको बुद्धिमता स्वीकार गर्छु नत्र बिरबल महाराजको चाप्लुस मात्र भएको प्रमाणित हुन्छ ।’

बिरबलको क्षमतबाट परिचित अकबरले पनि मन्त्रीको यो प्रस्ताव स्वीकार गरिहाले। ती मन्त्रीका तीन प्रश्न थिए-

१.आकाशमा कतिवटा तारा छन् ?

२.पृथ्वीको केन्द्र कहाँ हो ?

३.सारा संसारमा कति स्त्री र कति परुष छन ?

त्यो समयमा तारा सम्वन्धी अध्ययन गर्ने विज्ञान, उपकरण केही थिएनन्। त्यसैले कति हो अनुमान गर्न पनि असंभव थियो। पुरै पृथ्वी भ्रमण गर्ने अकबारको राज्यमा कोही थिएनन् त्यसै पृथ्वीको बिच यही हो भनेर कस्ले भन्ने ?

त्यसैगरी पृथ्वीको जनसंख्या त्यतिखेर कस्ले गणना गर्ने ? मन्त्रीका सवै प्रश्नहरु बिरबललाई फसाउने हेतुले तयार पारिएको थियो।

तर बिरबलले बुद्धी प्रयोग गरेर उत्तर दिए जो इतिहासमा अमर बने।

पहिलो प्रश्नको उत्तर- बिरबलले एउटा भेडा दरबारमा तत्कालै मगाए र भने यो भेडाको शरिरमा जति रौं छन् आकाशमा त्यतिनै तारा छन्। नपत्याए गनेर मन शान्त पार्नुस, बिरबलले मन्त्रीतर्फ हेर्दै मुस्कुराए।

दोस्रो प्रश्नको उत्तर- बिरबल अलि पर गए, धर्का तानेजस्तो गरे, हिसाव गरेको झै गरे। एकछिन् सोचबिचार गरेर एउटा फलामको डण्डी जमिनमा गाडे। उनले महाराज अकबरलाई भने-महाराज यही हो पृथ्वीको केन्द्र, नपत्याए नापेर हेर्नु लगाउनुस्।’

तेस्रो प्रश्नको उत्तर-बिरबलले भने -महाराज यो संसारमा केही मान्छे न पुरुषको श्रेणीमा आउँछन् न महिलाको श्रेणीमा। ती मध्य केही मानिस हाम्रै दरबारमा छन्। जस्तै यी मन्त्री(प्रश्न सोध्ने मन्त्री)। यदी तपाईले यी मन्त्रीलाई मारिदिनु भयो भने म महिला र पुरुषको सही संख्या बताउन सक्ने थिए।

‘बिरबलको यस्तो कुरा सुनेर ती मन्त्री डरले थरथर काँप्न थाले र भने,’महाराज अकबर , मलाई सवै प्रश्नको उत्तर मिल्यो। म बिरबललाई बुद्धिमान स्वीकार गर्छु ।’

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : २१ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी