हरित प्रदेश अभियान शुरु « Khabarhub

हरित प्रदेश अभियान शुरु


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार एकै दिन पाँच हेक्टर जग्गामा २ हजार २ सय बिरुवा रोपेर अभियान शुरु गरिएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि शुरुआत गरेको ‘हरित प्रदेश अभियान’अन्तर्गत अभियान शुरु गरिएको बताइएको छ । मन्त्रालयले १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ ।

सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ ।

सरकारको नीति तथा कार्यक्रमअनुसार हरित प्रदेशको कल्पनासहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानालासहित कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए ।

अग्नीसाइर कृष्णसवरणमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले महगनीको बिरुवा रोपेर अभियान शुरु गरे । अभियानअन्तर्गत महगनी, साल, सिसौ, टिकजस्ता बिरुवा रोपिएको छ । प्रदेश नं २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा सङ्कट निम्तिदै भावी सन्ततिको जीवनसमेत खतरामा पर्ने जिकिर गर्नुहुँदै खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षरोपण गर्न मन्त्री साहले आग्रह गरे ।

सप्तरी जिल्लामा हाल १६ प्रतिशत मात्र वन क्षेत्र छ । अभियानका क्रममा यसलाई वृद्धि गरी कम्तीमा ४० प्रतिशत पुर्‍याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्ने तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ३८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग