सेती नदीले सातको ज्यान लियो | Khabarhub Khabarhub

सेती नदीले सातको ज्यान लियो


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् ।

करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।

पाँच महीनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो व्यक्तिका रूपमा सेती नदीमा डुबेर मृत्यु भयो ।

शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएको उहाँको शव नौ दिनपछि फेला परेको थियो ।

त्यस्तै शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा जेठ ५ गते सेती नदीमै नुहाउने क्रममा डुबेर बेपत्ता भइन् । फुपूदिदीको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा गाउँ नजिक रहेको सेती नदीमा बेपत्ता भएकी थिइन् ।

प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन । यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुबेर बेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११ गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुबेर बेपत्ता भएका थिए । उनको शव पनि १३ दिनपछि फेला परेको थियो ।

आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा बेपत्ता भइन् । मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिइन् । उनको शव पनि अहिलेसम्म फेलापरेको छैन । शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुबे । उनको शव डुबेको ठाउँबाट करीब तीन किलोमिटर तल फेला प¥यो । त्यस्तै आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन् । उनको शव पनि अहिलेसम्म फेला परेको छैन ।

त्यसैगरी यही भदौ १ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुबेर मृत्यु भयो । मामाको घर गएकी करिश्मा १ गते आइतबार बिहान करीब १० बजे सेतीमा डुबेकी हुन् । उनको शव बगेको ठाउँबाट करीब एक किलोमिटर तल मटेलामा फेलापरेको थियो ।

सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताए । उनले भने, “सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो र तीव्र छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति सेती नदीमा छिट्टै डुब्ने गर्छन् ।” चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुब्ने गरेको उहाँको भनाइ छ ।

नदीमा डुब्नेहरुमा अधिकांश नुहाउने क्रममा डुबेका छन् । सेती नदीमा वर्षेनी स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । उनले भने, “नदी छेउछाउका स्थानीयवासी बढी जोखिममा छन, सबै मिलेर जनचेतनामूलक कार्यक्रम गर्न जरुरी भएको छ ।”

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ३७ बजे

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे