बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण « Khabarhub

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित रु एक करोड ३० लाख बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो ।

बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको लगानीमा बर्दगोरियाका विभिन्न स्थानका छ वटा नदी तथा खोलामा तटबन्ध निर्माण भइरहेको भू तथा जलाधार कार्यालय कैलालीले जनाएको छ । 

कार्यालयका इन्जिनियर ताराप्रसाद भट्टका अनुसार उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण सुरु भएको हो । बर्दगोरिया-४ स्थित कुवाघाटकाँडा नदीमा ४० लाखमा ठेक्का लगाई काम सुरु गरिएको इन्जिनियर भट्टले जानकारी दिए । 

उनका अनुसार वडा नं ४ स्थित टुन्द्रा क्षेत्रमा भूक्षय नियन्त्रणका लागि १० लाख, वडा नं ६ मा रहेको सुवरखालकाँडा नदीमा ३० लाख, वडा नं ६ घैला नदीमा १५ लाख, वडा नं २ स्थित पथहरिया नदीको कटान नियन्त्रणका लागि १५ लाख र वडा नं ५ मा रहेको पथरैया नदीको कटान नियन्त्रणका लागि २० को लागतमा उपभोक्ता समितिमार्फत तटबन्धनको काम सुरु भएको छ ।

बर्दगोरियाका छवटै नदी तथा खोलामा चालु आर्थिक वर्षको असारमसान्तसम्ममा काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको कार्यालयले जनाएको छ । वर्षायाममा ती नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्धनले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

छवटै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्धन निर्माण प्रभावकारी हुने जनाइएको छ ।
 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १२ : ४३ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा