चितवनमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

चितवनमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चितवनमा डेंगुको संक्रमबाट एक वृद्धको मृत्यु भएको छ। भरतपुर महानगररपालिका–२, गङ्गोत्री मार्गका ७१ वर्षीय एक वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकको नाम गोप्य राखिएको छ। सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो। सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।

चितवनमा साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५ सय ६७ जनाको परीक्षण गरिएकामा २ सय २५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ। तीमध्ये ४० प्रतिशत बिरामी भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : २० बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा