चितवनमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

चितवनमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चितवनमा डेंगुको संक्रमबाट एक वृद्धको मृत्यु भएको छ। भरतपुर महानगररपालिका–२, गङ्गोत्री मार्गका ७१ वर्षीय एक वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकको नाम गोप्य राखिएको छ। सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो। सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।

चितवनमा साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५ सय ६७ जनाको परीक्षण गरिएकामा २ सय २५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ। तीमध्ये ४० प्रतिशत बिरामी भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै