सागमा पदकको अपेक्षा गरिएको क्रिकेटको अभ्यास नै शुरु भएन | Khabarhub Khabarhub

सागमा पदकको अपेक्षा गरिएको क्रिकेटको अभ्यास नै शुरु भएन



काठमाडौं – खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रका जानकारले यतिबेला चलाएको बहस दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित बनेको छ । साग प्रतियोगिता नेपालले आयोजना गर्ने भएकाले यसबारेको बहस र छलफल पनि स्वभाविक हो ।

त्यसमा पनि नेपाली खेलाडीले प्रतियोगितामा पदक जित्ने दाबीसहित गरेको अभ्यास । विगतका प्रतियोगितामा नेपालले गरेको प्रदर्शन र अहिलेको तयारीका विषय मै छलफल तथा बहस भइरहेको छ ।

मंसिर १५ देखि काठमाडौं र पोखरामा हुने सागमा २७ खेल समावेश गरिएकाे छ । तीनै स्पर्धामध्ये अहिले पूर्वाधार अभावकै बीच पनि २६ खेलको अभ्यास शुरुभइसकेकाे छ भने पछिल्लाे समय नेपालमा सबैभन्दा बढी चर्चा पाइरहेकाे खेल क्रिकेटकाे अभ्यास भने अहिलेसम्म अन्यौल र अस्तव्यस्त जस्तै देखिन्छ ।

घरेलु मैदानमा हुने प्रतियोगिताबाट राम्रो सफलता हात पार्ने लक्ष्यमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) भित्रै–भित्र मख्ख भएपनि अभ्यासमा रहेका खेलका लागि उचित वातावरण दिन चुकेको भन्दै आलोचना भइरहेको छ ।

सबै खेलको बन्द प्रशिक्षण साउन १६ गतेदेखि शुरु गरिसक्न राखेपले संघहरुलाई निर्देशन दिएको थियो । त्यहीँ बमोजिम संघहरुले पनि विभिन्न खेलका खेलाडीलाई अभ्यासमा जुटाएका छन् । तर, अभिभावक संस्थाबिहीन रहेको क्रिकेटको भने अभ्यास नै शुरु हुन सकेको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा रहँदा सरकारले आयोजना गर्ने सागमा संघ भूमिका मौन रहेपनि संघ हुँदा अभ्यासका लागि अन्य राष्ट्रसँग अभ्यासको पनि प्रबन्ध मिलाउन सक्थ्यो ।

सयौं खेलाडी सागको अभ्यासमा रहेपनि क्रिकेट खेलाडी भने सागबारे अनविज्ञ छन् । राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अहिले घरायसी काममा व्यस्त रहेको बताउँछन् ।

सरकाले आयोजना गर्ने सागमा नेपालले जतिसक्दो धेरै उपाधि उचाल्ने लक्ष्यसहित खेलहरु मैदान अभ्यासरत छन् । राखेपले उपाधि दाबेदार खेल भन्दै लामो समय सागबाट बाहिर रहेको क्रिकेटलाई १३ औं सागका लागि सागमा आवद्ध गरेको हो ।

क्रिकेटबाट पदकको आशा गरेपनि खेलका लागि ३ महिनाभन्दा केही दिनमात्रै समय बाँकी रहँदा पनि बन्द प्रशिक्षण शुरु गर्न नसक्दा राखेप निरीह जस्तै बनेको देखिन्छ ।

क्रिकेट अन्तर्गत महिला टोलीको अभ्यास त्रिभुवन विश्वविध्यालयको क्रिकेट मैदानमा शुरु गरेपनि पुरुष टोलीको अभ्यासका लागि भने मैदान अभाव भन्दै राखेपले पटक–पटक अभ्यासको मिति सार्दै आएको छ । यसअघि भदौ २ गतेदेखि अभ्यास शुरु गर्ने बताएको राखेपले अब भदौ १५/१६ गतेदेखि क्रिकेटलाई क्याम्पमा राख्ने जनाएको छ ।

राष्ट्रिय टोली तयारी समितिका संयोजक महेन्द्रकुमार राई भने मैदान अभावले नै अहिले पुरुष क्रिकेट टोलीको अभ्यास शुरु गर्न नसकेको बताउँछन् ।

त्रिवि क्रिकेट मैदानमा यु–१९ टोली र महिला टोलीले बिहान र बेलुकीको समय मिलाएर अभ्यास गरिरेहका छन् । कीर्तिपुर मैदान व्यस्त भएपछि पुरुष क्रिकेट टोलीको अभ्यास निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट मैदान मूलपानीमा राख्ने तयारी भइरहेको संयोजक राई बताउँछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केही समय अगाडि सिंगापुरमा सम्पन्न टि–२० विश्वकप छनोट एसिया फाइनल खेलेको थियो । राखेप क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका कारण पनि सागको धेरै तयारीमा नेपाली क्रिकेट लाग्नु नपर्ने भन्ने मान्यताले पनि अभ्यासमा चासो नदेखाएको हो भन्ने अड्कलबाजी पनि शुरु भएको छ ।

यता, संयोजक राई पनि क्रिकेट टोलीले सिंगापुरमा खेलेर फर्किएका कारण पनि अभ्यासका लागि ढिला भइनसकेको बताउँछन् । राखेपले क्रिकेटबाट आशा गरेको छ । त्यो राम्रो अभ्यास गर्न सके सफल पनि होला तर, अहिलेका लागि भने क्रिकेटबाट पदकको आशालाई हल्ला मात्रै गरेको हो कि भन्ने महसुस भइरहेको छ ।

‘क्रिकेट टोली केही समय अगाडिमात्रै सिंगापुरमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर फर्किएको हो । तर, अभ्यास आज/भोलिदेखि नै शुरु गर्ने योजना थियो । मैदान अभावकै कारण अहिले क्याम्पमा बोलाउन सकिएको छैन्,’ राईले भने, ‘अहिले महिला टोलीको अभ्यास शुरु भइसकेको छ । अब भदौ १५–१६ गतेदेखि सिनियर टोलीको क्याम्प शुरु गछौं।’

साग नजिकिँदै गर्दा नेपाली क्रिकेटर आफ्नै काममा व्यस्त

सागको अभ्यासमा रहेका खेलाडी उत्साहित भएर बन्द प्रशिक्षणमा जुटिरहँदा क्रिकेटका खेलाडी भने आ–आफ्नै काममा व्यस्त छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता त्यो पनि घरेलु मैदानमा हुने खेलमा खेलाडीबाट ठूलो अपेक्षा भएपनि खेलाडीका लागि बन्द प्रशिक्षणको व्यवस्था मिलाउन नसक्दा यतिबेला राखेपको आलोचना भइरहेको छ ।

लामो समयपछि पहिलो पटक सागमा क्रिकेट समावेश गरिएको हो । दक्षिण एसियामा विश्व क्रिकेटका शक्ति राष्ट्र भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, बंगलादेश लगायत छन् । उनीहरुबाट उमेरसमूहका खेलाडीले सहभागिता जनाएपनि टिममा केही खेलाडी सिनियर टोलीका पनि हुने भएकाले नेपालमाथि अन्य टोली हावी हुने पक्का छ । त्यसका लागि लामो समयको अभ्यासको आवश्यकता पर्ने भएपनि अभ्यास गराउन नसक्नु राखेपको कमजोरी रहेको विश्लेषकहरु बताउँछन् ।

मुलपानी क्रिकेट मैदानमा अभ्यास गर्न मिल्नेछ । तर, मैदानमा ड्रेसिङ रुम र शैचालय लगायतका कुराहरु नहुँदा पनि मैदानमा अभ्यास गर्नै खेलाडीलाई अफ्ठ्यारो हुने देखिन्छ ।

सयौं खेलाडी सागको अभ्यासमा रहेपनि क्रिकेट खेलाडी भने सागबारे अनविज्ञ छन् । राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अहिले घरायसी काममा व्यस्त रहेको बताउँछन् । साग हुने भन्ने उनलाई जानकारी छ, महिला क्रिकेट टोलीको अभ्यास शुरु भएको पनि उनले सुनेका छन् तर, आफुहरुको अभ्यास कहिले कहाँ र कसरी हुन्छ भन्नेबारे भने उनी अनविज्ञ छन् ।

‘सागको बारेमा हामीले केही जानकारी नै पाउन सकेका छौनौं,’ उपकप्तान मल्लले भने, ‘महिला टोलीको क्याम्प शुरु भयो भन्ने थाहा पाएको छु । त्यो भन्दा अरु कुराहरु कसैले केही भनेको पनि छैन् । सुनेको पनि छैन ।’

यता, पुरुष टोलीको अभ्यास गर्नेगरि तयार पार्न थालिएको मुलपानी क्रिकेट मैदानमा ५ पिच छन् । तर, मैदानको पश्चिम भागमा रहेको घरलाई हटाउन नसक्दा पनि मुलपानी अझै अस्तव्यस्त जस्तै छ ।

संयोजक राईले मुलपानी निर्माधिन रहेको बताएपनि अहिले मैदानको काम भने शुरु भइसकेको छैन् । मुलपानी क्रिकेट मैदानमा गएको जेष्ठ महिनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा निर्माण गरिएको ‘पीच’ मा समस्या देखिएपछि ‘म्याट’ विछ्याएर प्रतियोगिताका खेलहरु खेलाइएका थिए । त्यसयता कुनै खेलको आयोजना नभएको मुलपानीमा सागका खेल हुने भनिएको छ । तर, अहिले उक्त मैदानमा कुनै खेल खेलिहाल्ने अवस्था भने छैन् ।

मुलपानी क्रिकेट मैदानको पिच निर्माणमा संलग्न रहेका अजय पाण्डे पिचको ‘टप सोइलिङ’ (पिच बनाउँदाको अन्तिम प्रक्रिया) र त्यसमाथि ‘रोलिङ’ मात्रै गर्न बाँकी रहेको बताउँछन् । तर, टप सोइलिङ गर्न भने १ महिनादेखि डेढ महिनासम्मको समय लाग्ने उनको भनाइ छ । ‘पीएम कपका लागि हामीले २ पिच तयार गरेका थियौं । तर, पछि पिचमा समस्या देखिएपछि म्याट विछ्याइएको थियो,’ क्युरेटर पाण्डेले भने, ‘त्यहाँका ७ मध्ये २ पिच तयार छन् भने ५ पिचको ‘टप सोइलिङ’ गर्नु पर्छ त्यसका लागि अझै केही समय लाग्छ ।’

मुलपानी क्रिकेट मैदानमा अभ्यास गर्न मिल्नेछ । तर, मैदानमा ड्रेसिङ रुम र शैचालय लगायतका कुराहरु नहुँदा पनि मैदानमा अभ्यास गर्नै खेलाडीलाई अफ्ठ्यारो हुने देखिन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  २ : १२ बजे

नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ?

काठमाडौं – आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८ अंक बढ्दा

अर्थमन्त्री पुनको तर्क- कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रूपमा करका दर हेरफेर

प्रधानमन्त्रीको तर्क- कांग्रेससँग संवादमा छु, संसदमा राष्ट्रपतिले बाेल्न पाउनु हुन्छ

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को

मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प

काठमाडौं- अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घर ज्वाइँ’को टिजर

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

काठमाडौं – ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो