रविसहितका तीन जनालाई यस्तो अभियोग लगाउन प्रहरीको राय « Khabarhub

रविसहितका तीन जनालाई यस्तो अभियोग लगाउन प्रहरीको राय


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियोगत पत्र दर्ताको तयारी शुरु गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः आइतबार नै रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर हुने जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले अहिले फाइल अध्ययन गर्ने काम भइरहेको र आज (आइतबार) नै अभियोग पत्र दर्ता गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम भइरहेको छ,’ जिल्ला न्यायाधीशवक्ता शर्माले खबरहबसँग भने, ‘अध्ययनको काम सकिएपछि आज नै अभियोग पत्र दर्ता हुन्छ । आज नै दर्ता गर्नेगरी काम गरिरहेका छौं ।’

यस्तो छ प्रहरीको राय

१० दिनसम्म हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय चितवनले शालिकराम प्रकणबारे अध्ययन र अनुसन्धान गरेको थियो । त्यसमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहयोग गरेको थियो । प्रहरीले लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहन गरेको अभियोग लगाउन राय दिएको प्रहरी श्रोतको भनाइ छ ।

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

प्रहरीले थप अनुसन्धान आवश्यक भए पुनः म्याद थपका लागि अदालतसमक्ष अनुरोध गर्न सक्छ । अदालतले आवश्यक देखेको खण्डमा पुनः म्याद थप गर्न पनि सक्छ ।

यद्यपि, जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्ने तयारी गरिरहेकाले पुनः म्याद थप हुने संभावना भने कम रहेको कानूनविद्हरु बताउँछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र दर्ता भएमा जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  २ : ३८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग