पारशले विमानस्थलमा प्रहरीमाथि गरेको हमलाबारे सरकारको ध्याकर्षण « Khabarhub

पारशले विमानस्थलमा प्रहरीमाथि गरेको हमलाबारे सरकारको ध्याकर्षण


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

आइतवारको बैठकमा उनले भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन ? बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।” सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा के हो ? स्पष्ट गर्न माग गरे ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए झैँ लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिन आग्रह गरे । उनले भने “काङग्रेस र वाम पार्टीबीचमा पानी बाराबारको स्थिति होइन, एक अर्काका अस्तित्व स्वीकार्य हुनुपर्छ । संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न जानुअघि सर्वदलीय बैठक आयोजना गर्नुभएकामा म धन्यवाद दिन्छु ।”

सांसद युटल तामाङले मुगु जिल्लामा हालैको बाढीले जलविद्युत् आयोजना बगाउँदा अन्धकार भएकाले तुरुन्त मर्मत गर्न माग गरे । “बडादशैँको मुखमा कर्णालीका अधिकांश सडक सञ्चालन नभएकाले सडक मर्मतमा ध्यान दिँदै कर्णालीका जिल्लामा नियमित हवाई उडानको प्रबन्ध मिलाउनुप¥यो । कर्णालीमा कर्मचारी नम्बर लिन मात्र जानुभएन । विकास गर्छु भन्ने भावना लिनुपर्‍यो” उनले भने ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  २ : ४४ बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका