रविसहित तीनै जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर « Khabarhub

रविसहित तीनै जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियोग पत्र दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम सकिएसँगै अभयोग पत्र दर्ता गरिएको हो ।

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेसँगै अब  जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् । बहस धेरै समय हुने भएका कारण आज उनीहरु रिहा हुने सम्भावना कम रहेको देखिन्छ ।

थुनछेक बहसपछि प्रतिवादीहरुलाई पूर्पक्षमा राख्ने, साधारण तारिख वा धरौटीमा छोड्ने भन्ने अदालतले अदालतले आदेश जारी गर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ३ : १२ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना