रविसहित तीनै जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर | Khabarhub Khabarhub

रविसहित तीनै जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियोग पत्र दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम सकिएसँगै अभयोग पत्र दर्ता गरिएको हो ।

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेसँगै अब  जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् । बहस धेरै समय हुने भएका कारण आज उनीहरु रिहा हुने सम्भावना कम रहेको देखिन्छ ।

थुनछेक बहसपछि प्रतिवादीहरुलाई पूर्पक्षमा राख्ने, साधारण तारिख वा धरौटीमा छोड्ने भन्ने अदालतले अदालतले आदेश जारी गर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ३ : १२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन