ब्ल्याक बेल्ट कमिटी रुपन्देहीमा मेख बहादुर क्षेत्री « Khabarhub

ब्ल्याक बेल्ट कमिटी रुपन्देहीमा मेख बहादुर क्षेत्री


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्ल्याक बेल्ट कमिटि रुपन्देहीको दोस्रो अधिवेशन शुद्धोधन गाउँपालिका वडा नं. २ रुपन्देहीमा सम्पन्न भएको छ ।

जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही प्रमुख प्रशिक्षक रवि रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले मेख बहादुर क्षेत्रीको अध्यक्षतामा ९ पूर्ण र २ बैकल्पिक गरी ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विमल श्रेष्ठ, आशिष गौतम, होम गुरुङ, मन्दिरा क्षेत्री चयन भएका छन् । पूर्ण सदस्यहरुमा मनिस पाण्डे, अनुपम ज्ञवाली, निर्मला बराल, सुजन पराजुली चयन भएका छन् भने बैकल्पिक सदस्यहरुमा अंकिता केसी र अनिस केसी चयन भएका छन् ।

सल्लाहाकारहरुमा यम कुमारी थापा मगर, सुजन घिमिरे, मिलन निहुरे, सागर थापा मगर र गणेश थापा रहनु भएको छ । उक्त अधिवेशनमा जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय सदस्य तथा एशियन रेफ्री सन्दिप थापा, खेलप्रेमी तथा युवा व्यवसायी मिलन निहुरे, पूर्व खेलाडी तथा समाजसेवी गणेश थापा, अभिभावक बिजेन्द्र अर्याल र विकास थापाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा महिला हिंसा विरुद्धको १ महिने आत्मरक्षा तालिममा प्रशिक्षकको रुपमा सहभागी भएका मेख बहादुर क्षेत्री, होम गुरुङ, अशिष गौतम र गणेश थापालाई प्रमुख अतिथिद्वारा खादा लगाई सम्मान गरिएको थियो । यम कुमारी थापा मगरको अध्यक्षता, मन्दिरा क्षेत्रीको स्वागत र मेख बहादुर क्षेत्रीको सञ्चालनमा उक्त अधिवेशन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : १४ बजे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)