स्वार्थका लागि श्रमिकको भविष्यमाथि राजनीति नगरौं : मन्त्री विष्ट « Khabarhub

स्वार्थका लागि श्रमिकको भविष्यमाथि राजनीति नगरौं : मन्त्री विष्ट


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सरकारले गत वर्षदेखि सञ्चालनमा ल्याएको योजदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता दुवैका लागि फलदायी भएको बताएका छन् ।

राजधानीमा सामाजिक सुरक्षा कोषसम्बन्धी नेपाल होटल व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले कोषमा सूचीकरण हुन सबै होटल व्यवसायीलाई आह्वान गरे ।

सरकारले व्यवयासी, व्यवसाय र श्रमिकको सुरक्षासँग उनीहरुको हितका लागि नै योगदानमा आधारित कार्यक्रम ल्याएको मन्त्री विष्टले बताए । ‘ढुक्क भएर कोषको स्किममा आउनुहोस् । तपाईंहरुलाई नै भविष्यमा सहज हुन्छ । कोषमा सूचीकरण भएपछि श्रमिकको सम्पुर्ण जिम्मेवारी सरकारले लिन्छ । किन चिन्ता गर्नुहुन्छ ।’ मन्त्रीले भने, ‘स्वार्थका लागि श्रमिकको भविष्यमाथि राजनीति नगरौं । श्रमिकको सुरक्षामा ध्यान दिए व्यवसाय पनि राम्रो चल्छ ।’

होटल व्यवसायलाई सरकारले सुविधाबाट बञ्चित गरेको नेपाल होटल व्यवसायी संघकी अध्यक्ष सिर्जना रानाले बताइन् । मझौला, साना तथा तारे होटलले धेरै रोजगारीका अवसर सिर्जना गरेको उनको भनाइ थियो । होटल व्यवसायी पयर्टन प्रवर्द्धन गर्ने माध्यम भएकाले सरकारले यो व्यवसायको व्यवस्थापन गर्नु पर्ने माग गरिन् ।

होटल व्यवसायीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जान समस्या नभएको धारण पनि उनले राखिन् ।

हाल प्रक्रिया नबुझेर धेरै व्यवसायी कोषमा सूचिकरण हुन नआएको कोषको बुझाइ छ । हाल ४४ हजार रोजगारदाता र ३५ हजारभन्दा धेरै श्रमिक कोषमा सूचीकारण हुन आएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

कोषले रोजगारदाता कम्पनीमै गएर सूचीकरण गराउने योजना अघि सारेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : ३२ बजे

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध