‘प्रेम गीत ३’ को शीर्ष गीत रेडियो नेपालमा गरियो रेकर्ड « Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष गीत रेडियो नेपालमा गरियो रेकर्ड


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत’ सिरिजको तेस्रो चलचित्र ‘प्रेम गी ३’ को शीर्ष गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको छ । चलचित्र टिमका अनुसार उक्त गीतलाई नेपालकै सबैभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना वाद्यबाधक, कलाकारहरुले एकसाथ रेकर्ड गराएका हुन् ।

निर्माता सन्तोष सेनले रेकर्डिङका समयमा अभिनेता शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत स्टुडियोमा पुगेको जानकारी गराए । गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा राजेश कुमारको शब्द रहेको छ । यस्तै एलिश कार्कीले संगीत संयोजन रहेको छ ।

असोजदेखि छायांकनमा जाने यो चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, क्रिष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहने यो चलचित्र यसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ५६ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने