स्वयं कर घोषणाः गलत विवरण बुझाए कर छली सरह कारबाही हुने « Khabarhub

स्वयं कर घोषणाः गलत विवरण बुझाए कर छली सरह कारबाही हुने


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयम् कर घोषणा अन्र्तगत व्यक्तिले गलत विवरण बुझाएमा कर छली सरह नै कारबाही हुने भएको छ ।

संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन ) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आईतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छलि सरह ठहर भई कारवाही हुने बताए ।

समितिले दण्ड सजाय सम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संसोधन गर्ने तयारी गरेको छ । कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवाना सहित कैदको व्यवस्था गर्न लागिएको हो ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर वापतको दण्ड सँजायको मात्रा ठुलो हुदैमा राजश्व असुली नहुने तर्क गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै