भान्सामा काम लाग्ने १० उपयोगी टिप्सहरु... | Khabarhub Khabarhub

भान्सामा काम लाग्ने १० उपयोगी टिप्सहरु…


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विभिन्न परिकारका पारखीहरु धेरैजसो आफैँ भान्सामा खाना बनाउन जान्दैनन् । खाना बनाउन मेहनतले मात्र पुग्दैन । विशेष कला र त्यसबारे ज्ञान आवश्यक रहन्छ । यदि तपाईंसँग भान्साको साधारण ज्ञान छैन भने हामी केहि टिप्सहरु दिदैछौं, जो तपाईंका लागि उपयोगी रहन सक्छन् ।

१. बेकिङ गर्नुअघि ओभन मेसिनलाई केहिबेर तताउनुहोस् । ओभन तातेपछि मात्र त्यसमा बेक गर्ने कुरा राख्न सक्नु हुनेछ ।

२. प्रेसर कुकरको प्रयोग गर्दा त्यसको ढकनी/बिर्काेलाई राम्ररी लगाएर मात्र क्लिप लगाउनुहोस् । अन्यथा बिर्काेको चेपबाट बाफ आउने, रबर निस्कने वा बिर्काे नै उछिट्टिने हुन्छ ।

३. खाना पकाउँदा आगो सधैँ मध्यम तापक्रममा राख्नुहोस् । यसले खानालाई राम्ररी पाक्न मद्दत गर्छ । यसो गर्दा खाना सराबरी पाक्नुका साथै ग्यासको पनि बचत हुन्छ ।

४. यदि कुनै तरकारीको झोल खाने हो भने पहिला त्यसलाई भुट्नुस् र अर्को चुलोमा पानी उमाली राख्नुस् । त्यो उम्लेको पानी हालेर पकाउँदा तरकारी मीठो बन्छ ।

५. प्याज भुट्दा थोरै अलिकति नून हाल्नुस् । त्यसो गर्दा प्याज लपक्क भएर चाडै पाक्छ ।

६. काँक्रालाई काट्नु अघि बिचबाट पिटिक्क भाच्नुस्, र केहिबेर राख्नुहोस् । यसो गर्दा काँक्राको तितोपना घटेर जान्छ ।

७. फलामको कराईमा खाना पकाउँदा शरीरमा अभाव हुने आइरनको मात्रा पूरा हुनसक्छ ।

८. पुरी बनाउँदै हुनुहुन्छ, र पसलमा झै स्वादिलो बनाउन चाहानुहुन्छ भने पिठोलाई दूधले मुस्नुहोस् । साथै पिठोसँगै थोरै चिनी र नुन राखेर मुस्दा पुरी स्वादिलो हुनेछ ।

९. यदि पकौडा बनाउँदै हुनुहुन्छ भने बेसनमा केहि कागतीको रस हाल्नुहोस्, पकौडाले धेरै तेल सोस्दैन र कुरुमकुरुम समेत बन्छ ।

१०. झोल तरकारीमा नुन ज्यादा भयो भने पिठो मुसेर डल्ला पारेर ६/७ डल्ला राख्दा नुनको मात्रा कम भएर जान्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ४३ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु