मृगस्थलीमा मृगको संख्या बढ्यो, वन्यजन्तु विभागलाई दिने तयारी « Khabarhub

मृगस्थलीमा मृगको संख्या बढ्यो, वन्यजन्तु विभागलाई दिने तयारी


८ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा रहेको पशुपति मन्दिर परिसरमा पर्ने श्लेषमान्तक वन मृगस्थलीमा पछिल्लो समय (मृग वाटिका) मृगको संख्यामा वृद्धि हुँदै गएको छ ।

पशुपति क्षेत्र विकास कोषले विसं २०६१ बाट मृगस्थलीमा मृग पाल्दै आएको हो । करिब ९५ रोपनी क्षेत्रफलमा शुरुआती चरणमा ३० वटा मृग पालिएको थियो । मृगका रुपमा शिव बसेको मृगस्थलीमा मृग नभएको भन्दै आलोचना हुन थालेपछि कोषले मृग पाल्न शुरु गरेको थियो । शुरुआती चरणमा मृगस्थलीमा कृष्णसार १८, चित्तल १० र रतुवा मृग दुई वटा राखिएको थियो ।

दुई रतुवा मृग पाल्न शुरु गरिएको मृग वाटिकामा हाल मृगको संख्या १३२ पुगेको छ । बत्तीस मृग बस्न मिल्ने गरी निर्माण गरिएको संरचनामा धेरै मृग हँुदा व्यवस्थापन गर्न अप्ठ्यारो भएको कोषले जनाएको छ । मृगको व्यवस्थापनसँगै तारबार गरी पालिएका मृगका कारण श्लेषमान्तक वनको अस्तित्व नै समाप्त हुँदै गएको छ । वनमा रहेका पुराना रुखको जरासमेत मृगले खोतल्न थालेपछि हाल मृगस्थली उजाड बन्दै गएको छ ।

विभिन्न क्षेत्रको समन्वयमा वाटिका क्षेत्रमा वृक्षरोपण गरिए पनि मृग र बाँदरका कारण वृक्षरोपणमा मात्रै सीमित भएको छ । सीमित स्थान र मृगको जन्मान्तर छिटोछिटो हुने हुँदा कोषलाई व्यवस्थापन गर्न गाह्रो भएको कोषका सूचना अधिकारी प्रेमहरि ढुङ्गानाले जानकारी दिए । उनका अनुसार कोषले मृगको हेरचाहका लागि तीन कर्मचारी राखेको छ । ती कर्मचारीले मृगलाई दानापानी वितरण गर्ने लगायत काम गर्दै आएका छन् ।

बर्खाका समयमा कोषले बगैँचामा काम गर्ने कर्मचारीको सहयोगमा घाँस दिने गरेको छ । अरू समयमा दानापानी मात्रै मृगलाई दिइन्छ । पछिल्लो समय वाटिकामा मृगको संख्यामा वृद्धि हुन थालेपछि कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई मृग दिने तयारी गरेको छ । ‘कोषले ३२ बटा मृग वाटिकामा राखेर अन्य सबै मृग विभागलाई दिन्छ, कोष र विभागको समन्वयमा सूर्यविनायकमा निर्माणाधीन सदर चिडियाखाना निर्माण सम्पन्न हुनासाथ हटाइने तयारी भइरहेको छ’, उनले भने, ‘हाल मृगवाटिकामा तारजालीभित्र राखिएका मृग सर्वसाधारणले हेर्न पाउँदैनन् ।’

चरनका लागि उपयुक्त घाँसेमैदान नभएका ठाउँमा धेरै मृग राख्दा विश्वसम्पदा सूचीमा परेको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र कुरूप हुने अवस्थामा पुगेको छ । कोषका सूचना अधिकारी ढुङ्गानाका अनुसार वाटिकालाई कोषले यस वर्ष आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्ने अवधारणा बनाएको छ । मृग वाटिकामा भएका खाली जमिनमा रूख रोप्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७६, आइतबार  १० : ०० बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा