गाडीले किच्दा जंगली मयुर मरेपछि वन कार्यालयको ध्यानाकर्षण « Khabarhub

गाडीले किच्दा जंगली मयुर मरेपछि वन कार्यालयको ध्यानाकर्षण


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सवार गाडीले किच्दा जङ्गली मयुर मरेको भनी सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय कपिलवस्तुले ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्री बाँस्कोटा शनिबार बुटवल तर्फबाट अर्घाखाँची जाने क्रममा गोरुसिंङ्गे–सन्धीखर्क सडकखण्डमा पर्ने कपिलवस्तुको वसन्तपुर सामुदायिक वन क्षेत्र जङ्गलमा बिहान करीब साढे ९ बजेको समयमा गाडीले किच्दा मयुर मरेको भनि प्रकाशित समाचारमा डिभिजन वन कार्यालयले ध्यानाकर्षण भएको स्पष्ट पार्दै उक्त समयमा अन्य केही सवारीसाधन समेत उक्त सडकमा गुडेकाले कुन गाडीले ठक्कर दिएको भन्ने विषयमा अनुसन्धान भइरहेको विज्ञप्ति जारी गरेर जनाएको छ ।

विज्ञप्तिमा अनुसन्धान कार्य सम्पन्न भएपछि प्रचलित ऐन कानून बमोजिम कारवाही प्रक्रिया अघि बढ्ने र उक्त मृत मयुर वन समितिका पदाधिकारीको रोहबरमा मुचुल्का खडा गरी वन क्षेत्रमै गाडिएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : १७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग