रवि समर्थकले आक्रमण गर्दा डीएसपीसहित ७ प्रहरी घाइते « Khabarhub

रवि समर्थकले आक्रमण गर्दा डीएसपीसहित ७ प्रहरी घाइते


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रहरीमाथि आक्रमण गर्दा ७ प्रहरी घाइते भएका छन् ।

आइतवार वयान नसकिएपछि लामिछानेसहितका तीनजनालाई पुन: हिरासतमन नै पठाइएपछि आक्रोशित बनेका रविका समर्थकले डिउटीमा रहेको प्रहरीमाथि ढुंगाप्रहार गरेका थिए ।

रविको समर्थकको आक्रमणबाट डीएसपीसहित सात प्रहरी घाइते भएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायाण कोइरालासहित ७ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारको लागि अस्पताल लगिएको छ । १० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।

रविका समर्थकले उनको रिहइको माग गर्दै गाडीसमेत तोडफोड गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : १२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक