चितवनमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन निषेध (विज्ञप्ति सहित) « Khabarhub

चितवनमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन निषेध (विज्ञप्ति सहित)


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

आइतबार बसेको सुुरक्षा समिति बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएका ठाउँमा पाँच जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन आदेश गरेको छ ।

प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेको रवि लामिछाने समर्थकले केही दिन यता रविको रिहाईका लागि प्रदर्शन चर्काउँदै गएपछि स्थानीय प्रसाशनले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

यस्तो छ सूचना 

यसैबीच, रवि लामिछाने सहित तीन जनालाई आइतबार बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजनकर्मी रवि लामिछाने, अस्मिता कार्की र युवराज कंडेलविरुद्ध जिल्ला अदालत चितवनमा आरोप पत्र दायर गरेको थियो ।

उनीहरुको मुद्दा दर्ता भएसँगै सुरु भएको बयान नसकिएपछि उनीहरुलाई  प्रहरी हिरासतमै पठाइएको हो । न्यायाधीश हेमन्त रावलको इजलासमा अस्मिता कार्कीको बयान गराइएको छ । समय अभावले आज लामिछाने र कंडेलको बयान हुन सकेन ।

सोमबार बिहानबाट हुने उनीहरुको बयान सकिएपछि अदालतमा थुनछेक बहश शुरु हुनेछ। थुनछेक बहसपछि अदालतले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने, तारेखमा वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ।

सरकारी वकिलले दर्ता गराएको मुद्दामा उनीहरुलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ४८ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने