आर्सनलसँग साथह्यामटन पराजित « Khabarhub

आर्सनलसँग साथह्यामटन पराजित


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इङ्ग्लीस प्रिमियर लिगमा आइतबार राति भएको अर्को खेलमा आर्सनलले साउथ ह्यामटनलाई पराजित गरेको छ । इमिरेट्स रंगशालामा भएको खेलमा साउथ ह्यामटन घरेलु टोलीसँग २—० गोल अन्तले पराजित भएको हो ।

साउथ ह्यामटनविरुद्ध आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट र हेनरिक मिख्टीरायनले गोल गर्दै टिमलाई शीर्ष चौथो स्थानमा पुर्‍याउन योगदान गरे ।

खेलको छैठौं मिनेटमा लाकाजेटले गोल गर्दै घरेलु दर्शकमाझ टिमलाई अग्रता दिलाएका थिए । यस्तै, १७ औं मिनेटमा म्खिटारियनले टिमका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा २—० को अवस्थामा पुर्‍याएका थिए ।

पहिलो हाफमा २ गोलले पछि परेको साउथह्यामटनले गोल फर्काउन नसकेपनि आर्सनललाई गोल थप्नबाट रोकेको थियो । खेलको १७ औं मिनेटमा अग्रता बनाएको आर्सनलले बाँकी समयमा गोल थप्न भने सकेन ।

जीतसँगै आर्सनल ५३ अंकसहित लिगको शीर्ष चौथो स्थानमा उक्लिएको छ भने पराजित साउथह्यामटनको २४ अंकरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र