नेपाली विदेश ताक्ने, विदेशी नेपालमा काम गर्दै | Khabarhub Khabarhub

नेपाली विदेश ताक्ने, विदेशी नेपालमा काम गर्दै


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभित्र रोजगारीका अवसर नभएको भन्दै मासिक ४० हजारभन्दा धेरै युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । ठुलो संख्यामा वैदेशिक रोजगारीमा गइरहेका युवालाई आन्तरिक श्रम बजारमा रोजगारी लगाउन सकिने आन्तरिक श्रम बजारमा कामदार आपूर्ति गदै आएका संस्थाले बताउदै आएका छन् ।

देशभित्रै वार्षिक ३ लाख युवा जनशक्तिको माग आन्तरिक रोजगारीमा हुने गरेको श्रमिक आपूर्ति गर्दै आएका आउटसोसिङ कम्पनीले जानकारी दिएका छन् ।

नेपालमा वार्षिक करिब ९ लाखसम्म विदेशी कामदार रोजगारीका लागि आउने गरेको श्रमिक आपूर्ति गर्दै आएको विभिन्न संस्थाले दिएका तथ्यांकमा उल्लेख छ । नेपालमा काम गर्न आउनेमा भारत र बंगलादेश, चीनलगायतका राष्ट्रका कामदार छन् ।

नेपालमा कामदारको माग भएपनि चाहिएको क्षेत्रमा काम गर्नेको संख्या कम भएको सुरक्षा व्यवसायी संगठनका अध्यक्ष उद्धव डल्लाकोटीले बताए । ‘देशभित्रै मासिक ४० हजार युवाको माग हुने गरेको छ । सरकारले आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्न सक्यो भने ३० हजार कमाउन नेपाली युवा वैदेशिक रोजगारीमा जानु पर्दैन,’ उनले भने, ‘देशभित्रको रोजगारी व्यवस्थापन गर्न सरकारले ध्यान नदिंदा युवा पलायन बढिरहेको छ।’ उनले नेपालमा काम गर्न आउने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै गएको पनि बताए ।

नेपालमा घरेलु क्षेत्रमा मात्र मासिक १५ हजारभन्दा धेरै श्रमिकको माग हुने गरेको छ । तर काम गर्ने कामदारको अभाव छ । श्रमस्वीकृति लिएर प्रत्येक वर्ष ३ लाख भन्दा धेरै नेपाली युवा विदेश जाने गरेको भन्दै डल्लाकोटीले यो श्रम शक्तिलाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्न सकिने बताए । त्यसका लागि राज्यले आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकको सुरक्षा, स्वास्थ्य र बीमा विषेश योजना ल्याउन ध्यान दिनुपर्ने उनको भनाई छ।

हाल नेपालमा करिब ८० हजारको संख्यामा रोजगारी दिन सक्ने संस्था रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिए । ‘सरकारले नेपालको श्रमबजारलाई व्यवस्थित गर्ने योजनाका साथ काम गरिरहेको छ,’ उनले भने, ‘विदेशबाट नेपाल आउने कामदारको संख्या बढ्नुले पनि अब नेपालमै रोजगारीको अवसर सिर्जना भयो भन्न सकिन्छ ।’

उनले अब नेपाली श्रम बजारलाई व्यवस्थित गर्दै अघि बढ्ने योजना रहेको पनि बताए । पछिल्लो समय सरकारले विदेशी कामदार आपूर्ति गर्नुभन्दा आन्तरिक श्रम बजारमा आफनै नागारिकलाई व्यवस्थित गदै रोजगारी दिने तयारी गरिहेको दाहालले जानकारी दिए ।

आन्तरिक श्रम बजारभित्र १५ लाख श्रमिक

हाल आन्तरिक श्रम बजारमा १५ लाख श्रमिक कार्यरत रहेको श्रमिक आपूर्ति गदै आएका आउटसोसिङ कम्पनीहरुको दाबी छ । यो ज्यालादारी कामदार बाहेकको संख्या हो । यसमा सुरक्षा गार्ड १ लाख ५० हजार, उद्योग कलकारखानामा करिव ५ लाख, होटल–रेष्टुराँमा ५ लाख, घरेलु क्षेत्रमा ३ लाखभन्दा बढी र अन्य क्षेत्रमा गरी करिव १५ लाखको हाराहारीमा आन्तरिक श्रम बजारमा श्रमिक कार्यरत छन् ।

नेपालमा भारत र बंगलादेशबाट आउने कामदारको संख्या पनि निकै ठूलो छ । निर्माण, प्रविधिदेखि तरकारी बेच्नसम्म गरी भारतीय र बंगाली मूलका करिब वार्षिक ९ लाख कामदार नेपाल भित्रिने गरेको उनीहरुको भनाई छ ।

धेरै श्रमिक माग भएका क्षेत्र

नेपालमा काम गर्ने सबैभन्दा धेरै कामदारको माग घरेलु कामदार हो । यो क्षेत्रमा वार्षिक १ लाख ५० हजार कामदारको माग छ । त्यस्तै उद्योग कलकारखानामा वार्षिक १ लाख ३० हजारभन्दा बढी कामदारको माग हुने गरेको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा वार्षिक ९० हजार बढी कामदार माग हुने गरेको छ । त्यस्तै चिया तथा कफी बगान र कम्पनीमा काम गर्ने कामदार पनि ८० हजार भन्दा बढीको संख्यामा माग हुने गरेको छ ।

सरकारले श्रम ऐनमा सुरक्षा श्रमिक, सहजकारी सेवा, घरेलु कामदार र सहयोगी सेवा गरी देशभित्र काम गर्ने श्रमिकलाई ४ तहमा वर्गिकरण गरेको छ । यी क्षेत्रमा कामगर्ने श्रमिकको न्यनूतम परिश्रमिक १४ हजार निर्धारण गरिएको छ ।

सरकारले पछिल्लो पटक सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्थाले धेरै कामदारको सुरक्षा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल बताउँछन् ।

आन्तरिक श्रम बजारमा श्रमिक आपूर्ति गर्दै आएका आउटसोर्सिङ कम्पनीको तंथ्याकलाई आधार मान्दै नेपाली श्रम बजारलाई उचित व्यवस्थपन गर्न सके ५ वर्षको अवधिमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्न सकिने विश्वास श्रम क्षेत्रमा काम गर्नेहरुको छ ।

स्वदेशमै वार्षिक ३ लाख श्रमिकको माग हुने गरेकाले यी श्रमिकलाई आन्तरिक श्रम बजारमा व्यवस्थित गरी आर्थिक उन्नतिमा फड्को मार्न सकिने सरकारी अधिकारीको भनाई छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ४४ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी