खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी « Khabarhub

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्ज प्रशासनले सोमबारदेखि पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

“वर्षाले ब्रिगेको बाटो र पुल मर्मत् गर्नुपर्ने भएकाले निकुञ्जमा सफारी हुन सकेको थिएन”, उनले भने, “अहिले पनि मर्मत कार्य भइरहेको छ । तोकिएको रुटमा मात्रै सफारी खुला गरिएको हो ।” उनका अनुसार अहिले निकुञ्ज सफारीका लागि दुई रुट मात्रै खुला गरिएको छ ।

अन्य रुटमा मर्मत कार्य चलिरहेकोले पर्यटकले मझगाउँ बठनिया ताल–बाबा ताल दुधिया क्याम्प रानी ताल हँुदै सिंहपुरसम्म पुगि सोही रुटबाट फिर्ता हुनुपर्ने छ । त्यसैगरी मझगाउँ पलियाफाँटा–हात्तिसार चोक बर्कोला पोष्टसम्म पुगि सोही रुटबाट फिर्ता हुने गरी निकुञ्ज सफारी खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

विगतका वर्षमा असोज १ गतेदेखि निकुञ्ज सफारी खुला गरिने भएपनि यस पटक वर्षाले निकुञ्जभित्रका पर्यटक पथ विग्रेका कारण ढिलो गरी सफारी सुरु भएको हो । तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिँगाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिँगा छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । बन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि निकुञ्जमा छन । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिँगा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेललगायत रहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : २६ बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध