औषधीजन्य लागुऔषधसहित २ जना पक्राउ | Khabarhub Khabarhub

औषधीजन्य लागुऔषधसहित २ जना पक्राउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- प्रहरीले सुनसरीको इटहरीबाट औषधीजन्य लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिकाका विक्रमकुमार राय र हेमन्त राय छन् । पक्राउ परेका उनीहरुसँग साथमा रहेको औषधीजन्य लागुऔषध लुपिजेसिक ५० एम्पुल, एभिल ५० एम्पुल र डाइजेल्याव ५० एम्पुल प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो २ बजे इटहरी उपमहानगरपालिका ४ श्री कृष्ण पेट्रोल पम्प नजिक स७प २७०० नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा लागुऔषध बरामद् भएको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ११ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’