सरकारी कर्मचारीले घुस माग्दा किसानले दिए भैंसी उपहार ! « Khabarhub

सरकारी कर्मचारीले घुस माग्दा किसानले दिए भैंसी उपहार !


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी कर्मचारीले नियमित जसो घुस मागेर तनावमा परेका एक किसानले अनौठो तरिका अपनाएका छन् । किसानले आफ्नो भैंसी नै सरकारी कर्मचारीलाई दिएका छन् ।

यो घटना भारतीय राज्य मध्यप्रदेश, खडकपुरको हो । खडकपुरका भूमि कर अधिकारी (तहसील दार) ले किसानसँग घुस मागेका थिए ।

तहसील दारलाई घुस दिनका लागि किसानसँग नगद रुपैयाँ थिएन । त्यसपछि किसानले तहसीलदारको गाडीमा आफ्नो भैसीको दाम्लो बाँधिदिए ।

‘घुस दिनलाई मसँग पैसा छैन, यो भैंसी लैजानुहोस्’ भन्दै किसानले तहसीलदारको गाडीमा आफ्नो भैंसी बाँधिदिए ।

तहसीलदारले किसानसँग १ लाख रुपैयाँ घुस मागेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार खडकपुरका तहसीलदार सुनील बर्माले जमिनको दर्ता प्रयोजनका लागि १ लाख घुस मागेका थिए ।

सरकारी कर्मचारीले घुस मागेपछि किसानले गाडीमा भैंसी बाँधिदिएको खबर अहिले उत्तर प्रदेशमा चर्चाको विषय बनेको छ ।

किसानले अहिले माथिल्लो सरकारी निकायमा तहसीलदार बर्माविरुद्ध उजुरी गरेका छन् । सरकारी अधिकारीहरले तहसीलदार बर्मामाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १२ : ३४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी