प्रधानमन्त्री कृषि सुपरजोन दुरावस्था– सुक्न थाल्यो चैते धानको बीउ | Khabarhub Khabarhub

प्रधानमन्त्री कृषि सुपरजोन दुरावस्था– सुक्न थाल्यो चैते धानको बीउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् ।

भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो । राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए ।

राजापुरमा दुई बाली धानखेती गर्न सकिने प्रशस्त सम्भावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बीउ अनुदानमा वितरण गरिएको थियो । “धानको बीउ राम्ररी त उम्रियो तर बेर्ना मर्न थालेको छ”, थारूले भने ।

प्राविधिकले भनेझैँ मेहनत गरी १० कट्ठामा बीउ रोप्न राखे पनि बीउ मरेर सकिन थालेको उनको भनाइ छ । “बजारबाट विषादी ल्याएर त छरियो तर बीउ हुने नहुनेमा आफू दोधारमा परेकी छु”, थारूले भने ।

धानको बेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाइने र आफू स्वयं पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रम राजापुरका वरिष्ठ कृषि अधिकृत वीरेन्द्र पराजुलीले बताए ।

क्षेत्रीय बीउबिजन अनुसन्धान केन्द्रबाट पनि विज्ञ टोली बोलाएर किसानलाई प्राविधिक सहयोग गर्न सकिने पराजुली बताउँछन् । “चैते धानको बेर्ना जरै कुहिएर मरेको भए बीउ बिग्रने तर टुसा मात्र मरेको रहेछ भने फेरि बेर्ना पलाउँछ,” उनले भने । बीउमा विषादी ल्याएर छर्न कृषकलाई अनुरोध गरिएको पराजुली बताउँछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : ३७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका