प्रधानमन्त्री कृषि सुपरजोन दुरावस्था– सुक्न थाल्यो चैते धानको बीउ « Khabarhub

प्रधानमन्त्री कृषि सुपरजोन दुरावस्था– सुक्न थाल्यो चैते धानको बीउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् ।

भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो । राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए ।

राजापुरमा दुई बाली धानखेती गर्न सकिने प्रशस्त सम्भावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बीउ अनुदानमा वितरण गरिएको थियो । “धानको बीउ राम्ररी त उम्रियो तर बेर्ना मर्न थालेको छ”, थारूले भने ।

प्राविधिकले भनेझैँ मेहनत गरी १० कट्ठामा बीउ रोप्न राखे पनि बीउ मरेर सकिन थालेको उनको भनाइ छ । “बजारबाट विषादी ल्याएर त छरियो तर बीउ हुने नहुनेमा आफू दोधारमा परेकी छु”, थारूले भने ।

धानको बेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाइने र आफू स्वयं पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रम राजापुरका वरिष्ठ कृषि अधिकृत वीरेन्द्र पराजुलीले बताए ।

क्षेत्रीय बीउबिजन अनुसन्धान केन्द्रबाट पनि विज्ञ टोली बोलाएर किसानलाई प्राविधिक सहयोग गर्न सकिने पराजुली बताउँछन् । “चैते धानको बेर्ना जरै कुहिएर मरेको भए बीउ बिग्रने तर टुसा मात्र मरेको रहेछ भने फेरि बेर्ना पलाउँछ,” उनले भने । बीउमा विषादी ल्याएर छर्न कृषकलाई अनुरोध गरिएको पराजुली बताउँछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : ३७ बजे

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली

सुकुम्वासी व्यवस्थापनबारे जानकारी दिन सरकारलाई समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी