किमसँगको सम्बन्ध थप मजबुत हुन्छः ट्रम्प « Khabarhub

किमसँगको सम्बन्ध थप मजबुत हुन्छः ट्रम्प


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध थप मजबुत बनाउने बताएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भियतनाममा हुने दोश्रो शिखर वार्ताका लागि त्यसतर्फ जाने क्रममा वाशिंटनमा बोल्दै राष्ट्रपति ट्रम्पले किमसँग ‘धेरै नै राम्रो’ सम्बन्ध विकास गर्नका लागि तयार रहेको बताएका हुन् । उनले उत्तर कोरियाले हतियार परीक्षण नगरेसम्म आफू खुशी नै रहन समेत बताएका छन् ।

उत्तर कोरियाले हतियार परीक्षण नगरेसम्म उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि कुनै हतार नरहेको समेत जनाएका छन् । उत्तर कोरियाले पछिल्लो पटक सन् २०१७ को सेप्टेम्बरमा आणविक परीक्षण गरेको थियो भने सन् २०१७ कै नोभेम्बरमा अन्तरमहादेशीय ब्लालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसयता उत्तर कोरियाले कुनै हतियार परीक्षण गरेको छैन ।

उत्तर कोरियाली सर्वोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आगामी बुधबार र बिहीबार भियतनामको राजधानी हनोईमा दोश्रो शिखर वार्ता हुँदैछ । यसअघि गत वर्ष सिङ्गापुरमा भएको पहिलो शिखर वार्तामा भएका सम्झौता कार्यान्वयनका लागि ठोस कदम चाल्न नसकिएको भन्ने टिप्पणी भइरहेका बेला राष्ट्रपति ट्रम्प तथा सर्वोच्च नेता किमबीच दोश्रो चरणको शिखर वार्ता हुन लागेको हो ।

उत्तर कोरियाली सर्वोच्च नेता किम रेलमार्गबाट भियतनाम आउनका लागि हाल चीनमा रहेको बताइएको छ भने राष्ट्रपति ट्रम्प पनि भियतनामका लागि प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ५ : ५० बजे

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह