रोजगार संयोजकमा ५ सय २१ जना छानिए, अझै कोटा पुगेन | Khabarhub Khabarhub

रोजगार संयोजकमा ५ सय २१ जना छानिए, अझै कोटा पुगेन


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार सञ्चालन गरेको रोजगार संयोजकको परिक्षाफल प्रकाशित गरेको छ । कम्प्युटर प्रणालीबाट सञ्चालन गरेको परीक्षामा २ हजार दुई सय ६२ जना व्यक्ति सहभागी थिए । जसमध्ये ५ सय २१ जना छनोट भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नतिजा सार्वजानिक गर्दै २ सय ३२ जना कोटा अझै रिक्त रहेको जनाएको छ । सरकारले पहिलो पटक कम्प्युटर प्रणालीमार्फत रोजगार संयोजकको परीक्षा लिएको हो । प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि श्रम मन्त्रालयले हरेक स्थानीय तहमा चाहिने रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरेको थियो ।

मन्त्रालयले निष्पक्षरूपमा रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरेको श्रम मन्त्रालयका सहसचिव तथा कार्याक्रम संयोजक प्रकाश दाहालले खबरहबलाई जानकारी दिए । उनले कम्प्युटर प्रणालीबाट परीक्षा लिँदा निस्पक्ष हुनुका साथै कहीँ कतै भनसुन नचलेको समेत जानकारी दिए ।

उनले भने, ‘परीक्षार्थीले परीक्षा दिने वित्तिकै प्रत्येक प्रश्नको उत्तर कम्प्युटरबाटै मिले–नमिलेको तुरुन्तै थाहा पाउन सक्ने व्यवस्था थियो । त्यसो हुँदा अधिकांश परीक्षार्थीले आफ्नो नतिजाका बारेमा परीक्षाफल प्रकाशित गर्नु अगावै अनुमान लगाएका थिए पनि, तर, मन्त्रालय आज सार्वजनिक जानकारीका लागि औपचारिक रुपमै परीक्षाफल प्रकाशित गरेको हो ।’

रोजगार संयोजकका लागि ३० मिनेट समय तोकेर ५० अंकका लागि कम्प्युटर प्रणालीबाट २५ वटा प्रश्न सोधिएको थियो । अनलानबाटै करिब २४ हजारले आवेदन दिएकोमा २ हजार २ सय ६२ जना परीक्षामा सामेल भएका थिए ।

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका/गाँउपालिका) मा खटाइने छ ।

छनोट भएका उम्मेदवारहरूले शीघ्र मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन समेत जानकारी गराइएको छ । विद्युतीय भर्ना प्रणालीबाट छनोट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक पनि मन्त्रालयको वेवसाइटमा राखिएको  छ ।

उत्तीर्ण परीक्षार्थीहरु नतिजा

 

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ०६ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र