अफगान द्वन्द्व अन्त्यको पहल, कतारमा तालिबान र अमेरिकाबीच वार्ता  « Khabarhub

अफगान द्वन्द्व अन्त्यको पहल, कतारमा तालिबान र अमेरिकाबीच वार्ता 


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि तथा अफगानिस्तानमा सक्रिय लडाकु समुह तालिबानको राजनीतिक समूहका प्रतिनिधिबीच कतारको राजधानी दोहामा अर्को चरणको शान्ति वार्ता शुरु भएको छ ।

शान्ति वार्ताका लागि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानका सहसंस्थापक कतारको राजधानी दोहा पुगेका हुन् । विगत १७ वर्षदेखि अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्माए खालिदजाद र तालिबानका राजनीतिक समूहबीच जारी वार्तामा सहभागी हुन तालिबानका सहसंस्थापक मध्येका एकजना मुल्लाह अब्दुल घानी बरदार कतारको राजधानी दोहा पुगेका हुन् । मुल्लाह बरदार एक वर्षअघि पाकिस्तानको जेलमा बन्दी थिए ।

शान्ति वार्ताका क्रममा विगत १७ वर्षयता जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि भएका वार्तामा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा हिंसा अन्त्यका विषयमा निकै महत्वपूर्ण उपलब्धि हाँसिल भएको समाचार सार्वजनिक भएको थियो ।
शान्ति वार्ताका क्रममा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजाने तथा तालिबानले मुलुकमा अन्य आतंकवादी समूहलाई गतिविधि गर्न नदिने खाकामा सम्झौता हुनसक्ने बताइएको छ ।

तालिबान र अमेरिकाबीचको अफगानिस्तानमा हिंसा अन्त्यका लागि ठूलो चुनौती अझै बाँकी नै रहेपनि यो शान्ति वार्ता अफगानिस्तानमा जारी द्वन्द्व अन्त्य गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी तथा तालिबानका प्रतिनिधिले जनाएका छन् ।

यता अफगान सरकारलाई यो शान्ति वार्ता प्रकृयामा सहभागी नगराइएपछि अफगान राष्ट्रपति अशरफ घानी भने असन्तुष्ट रहेको बताइएको छ । तालिबानले भने अफगान सरकार अमेरिकाको कठपुतली भएकाले कठपुतलीसँग वार्ता हुनै नसक्ने अडान लिँदै आएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ३३ बजे

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको