संस्कृतिविद् जोशीलाई महेन्द्रनारायण निधि पुरस्कार | Khabarhub Khabarhub

संस्कृतिविद् जोशीलाई महेन्द्रनारायण निधि पुरस्कार


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशी महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । महेन्द्रनारायण निधिको ९७ औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानद्वारा आयोजना गरिएको क्रार्यक्रममा नगद ५५ हजार ५०० रुपैयाँसहित संस्कृतिविद् जोशी सम्मान गरिएको हो ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् जोशीलाई नगद पुरस्कार प्रदान गरेकी हुन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले नाट्य विधाको उत्थानलाई योजनावद्ध ढंगले अघि बढाउन नाटकका लेखक तथा नाट्यकर्मीहरुलाई अझै उत्साहका साथ अघि बढन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा नाटकको भविष्य राम्रो रहेको उल्लेख गर्दै त्यसको उत्थानमा भने जनस्तरबाटै प्रयास हुनुपर्ने जरुरी रहेको तर्क गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलगायत नेपालको नाट्य विधामा योगदान पुर्याएकाहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ३५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले