बिहे गर्न समेत छुट्टी नपाउँदा प्रहरीले दिए पदबाटै राजीनामा ! « Khabarhub

बिहे गर्न समेत छुट्टी नपाउँदा प्रहरीले दिए पदबाटै राजीनामा !


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

प्रहरीको जागिर भन्ने बित्तिकै हरेक युवा हुरुक्कै हुन्छन् । नागरिकको सुरक्षामा खटिने प्रहरीले पाउने सुविधा र यसको बर्दीप्रति युवाको मोह बढ्दो छ ।

तर प्रहरी भित्र भएको असमान ब्यवहार तथा माथिल्लो पदका प्रहरी अधिकारीबाट तल्लो तहका प्रहरी माथि हुने दमन तथा पारिश्रमिकका कारणले प्रहरीको जागिरबाट राजीनामा दिनेहरु पनि छन् । तर भारतमा भने एक प्रहरीले दिएको राजीनामाको कारण भने निकै रोचक छ ।

हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै पदबाट राजीनामा दिएका छन् । प्रताप नामका प्रहरी जवान बिहेको तयारीमा थिए । तर, उनको हुनेवाला ससुरालीबाट उनको ड्युटी अवधिको बारेमा जानकारी पाएसँगै उनको बिवाह क्यान्सिल भयो ।

बेहुलीका बाबुआमाले बेहुलाको ड्य्टी चौबिस घण्टा भएको भन्दै परीवारलाई समय दिन नसक्ने केटालाई छोरी नदिने बताउँदै विवाह तोडे । विवाह गर्न तयारीमा रहँदा पनि आफ्नो जागिरको कारण केटी नपाएको भन्दै उनले पनि प्रहरीको जागिरबाट राजीनामा दिए ।

हैदरावाद पुलिसका आयुक्तलाई पत्र लेख्दै उनले राजीनामा दिनुको कारण चौबीसै घण्टे ड्युटी भएको बताएका छन् । जागिरे अवधिमा साप्ताहिक बिदा समेत नपाएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । इन्जिनियरिङको अध्ययन गरेका उनले प्रहरी जवान पदमा ५ बर्ष अघि भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : ०९ बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा