धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु, फ्रिजबाट करेन्ट लागेको आशंका « Khabarhub

धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु, फ्रिजबाट करेन्ट लागेको आशंका


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका– ७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलका सञ्चालसहित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा होटेल सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एक जना महिला कामदार रहेको धनुषा प्रहरीले जनाएको छ ।

विहान अवेरसम्म होटलको ढोका नखुलेपछि होटल सञ्चालक शिवकुमार महतोकी आमा होटलको ढोका खोल्न गएकी थिइन् । ढोका खोल्दा तीनै जना मृत अवस्थामा भुइमा ढलेको देखेपछि उनले स्थानीयलाई गुहारेकी थिइन् । स्थानीयले प्रहरीमा खबर गरेसँगै प्रहरी घटनास्थल पुगेको थियो ।

तीनै जनाको शव फ्रिज नजिकै भुइमा फेला परेको थियो । प्रहरीले फ्रिजबाट करेन्ट सर्ट हुँदा उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमाग गरेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक(डीएसपी) रामेश्वर कार्कीका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ११ : ३३ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ