शम्भु फोम्बोले ल्याए ‘रुप हेरी’ « Khabarhub

शम्भु फोम्बोले ल्याए ‘रुप हेरी’


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक शम्भु फोम्बोले नयाँ गीत ‘रुप हेरी’ ल्याएका छन् । आधुनिक यो गीतमा नयाँ पुस्तालाई माया पिरतीको नयाँ परिभाषा बुझाउन खोजिएको छ ।

पछिल्लो समय बाहिरी सुन्दरतालाई मात्र प्राथमिकतामा राख्ने सोचलाई परिवर्तन गर्दै सोच र विचार बुझ्न सकेमात्र माया पिरती प्रगाढ र सुमधुर हुने गीतको सन्देश छ ।

शशी गुरुङ वाङदेलको शब्द तथा संगीतमा गायक शम्भु फोम्बो र मेलिना राईले समुधुर आवाज भरेका छन् ।

प्रेम अन्धो हुन्छ भनिन्छ । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । तर, प्रेमलाई अमर राख्न र प्रेमिल जोडीको सम्बन्धलाई दीर्घकालसम्म टिकाउन बाहिरी सुन्दरतासँगै व्यक्तिको मनोभाव र आपसी सोचमा पनि समानता ल्याउन आवश्यक रहेको वाङ्देलले उल्लेख गरेका छन् ।

समाजमा प्रेमका नाममा हुने गतिविधिलाई व्यवस्थित गर्न र प्रेमिल जोडीले आपसी हीतका लागि दुवैको विचार र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गर्दै गीतमा भनिएको छ, ‘ज्यान हेरी होइन मन बुझी हेर चाहे झै माया पाइन्छ । दुनियाँ सारा इश्र्याले जलुन झन माया लाइन्छ । रुप हेरी होइन मन बुझी हेर चाहे झै साथ पाइन्छ । दुनियाँ सारा इश्र्याले जलुन झन माया लाइन्छ ।’

जहाँ शंका हुन्छ त्यहाँ विश्वास टुट्ने र सम्बन्ध बिग्रने भएकाले सम्बन्धको डोरी विश्वासले जाड्नुपर्ने धारणा गीतले बोलेको छ ।

वाङ्देलका शब्द, संगीत र फोम्बो तथा राईको आवाजलाई कलाकारद्वय निराजन प्रधान र सोना पालुङ्वा लिम्बुले अभिनयमा उतारेका छन् । उनीहरुको अभिनयलाई मधुर बस्नेतले खिचेका छन् । उमेश गुरुङले निर्देशन गरेको यो गीतको भिडियोमा पनि एक प्रेमिल जोडीको मायालाई देखाउन खोजिएको छ ।

नयाँ पुस्तालाई समेट्ने गरी तयार गरिएको यो गीत सीमित ठाउँमा दृश्य सम्पादनले केहि अपुरो जस्तो देखिएपनि म्युजिक भिडियोमा पारिवारिक मिश्रणको स्वाद दिन सकेको भए अझै प्रभावकारी हुने देखिन्छ ।

पछिल्लो समय समाजमा नकारात्मक भावनाको विकास हुँदै गएको सन्दर्भलाई गीत र म्युजिक भिडियोमा समेट्न खोजेको भन्दै गायक शम्भु फोम्बोले सरकारात्मक सोचबाट मात्रै सबै क्षेत्रको विकास हुन सक्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ३५ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा