शम्भु फोम्बोले ल्याए ‘रुप हेरी’ | Khabarhub Khabarhub

शम्भु फोम्बोले ल्याए ‘रुप हेरी’


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक शम्भु फोम्बोले नयाँ गीत ‘रुप हेरी’ ल्याएका छन् । आधुनिक यो गीतमा नयाँ पुस्तालाई माया पिरतीको नयाँ परिभाषा बुझाउन खोजिएको छ ।

पछिल्लो समय बाहिरी सुन्दरतालाई मात्र प्राथमिकतामा राख्ने सोचलाई परिवर्तन गर्दै सोच र विचार बुझ्न सकेमात्र माया पिरती प्रगाढ र सुमधुर हुने गीतको सन्देश छ ।

शशी गुरुङ वाङदेलको शब्द तथा संगीतमा गायक शम्भु फोम्बो र मेलिना राईले समुधुर आवाज भरेका छन् ।

प्रेम अन्धो हुन्छ भनिन्छ । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । तर, प्रेमलाई अमर राख्न र प्रेमिल जोडीको सम्बन्धलाई दीर्घकालसम्म टिकाउन बाहिरी सुन्दरतासँगै व्यक्तिको मनोभाव र आपसी सोचमा पनि समानता ल्याउन आवश्यक रहेको वाङ्देलले उल्लेख गरेका छन् ।

समाजमा प्रेमका नाममा हुने गतिविधिलाई व्यवस्थित गर्न र प्रेमिल जोडीले आपसी हीतका लागि दुवैको विचार र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गर्दै गीतमा भनिएको छ, ‘ज्यान हेरी होइन मन बुझी हेर चाहे झै माया पाइन्छ । दुनियाँ सारा इश्र्याले जलुन झन माया लाइन्छ । रुप हेरी होइन मन बुझी हेर चाहे झै साथ पाइन्छ । दुनियाँ सारा इश्र्याले जलुन झन माया लाइन्छ ।’

जहाँ शंका हुन्छ त्यहाँ विश्वास टुट्ने र सम्बन्ध बिग्रने भएकाले सम्बन्धको डोरी विश्वासले जाड्नुपर्ने धारणा गीतले बोलेको छ ।

वाङ्देलका शब्द, संगीत र फोम्बो तथा राईको आवाजलाई कलाकारद्वय निराजन प्रधान र सोना पालुङ्वा लिम्बुले अभिनयमा उतारेका छन् । उनीहरुको अभिनयलाई मधुर बस्नेतले खिचेका छन् । उमेश गुरुङले निर्देशन गरेको यो गीतको भिडियोमा पनि एक प्रेमिल जोडीको मायालाई देखाउन खोजिएको छ ।

नयाँ पुस्तालाई समेट्ने गरी तयार गरिएको यो गीत सीमित ठाउँमा दृश्य सम्पादनले केहि अपुरो जस्तो देखिएपनि म्युजिक भिडियोमा पारिवारिक मिश्रणको स्वाद दिन सकेको भए अझै प्रभावकारी हुने देखिन्छ ।

पछिल्लो समय समाजमा नकारात्मक भावनाको विकास हुँदै गएको सन्दर्भलाई गीत र म्युजिक भिडियोमा समेट्न खोजेको भन्दै गायक शम्भु फोम्बोले सरकारात्मक सोचबाट मात्रै सबै क्षेत्रको विकास हुन सक्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ३५ बजे

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत